back
CTIZAN AD

मुक्तक

वि.सं.२०७७ चैत १४ शनिवार

1.3K 

shares

( १ )
देश बर्बाद भयो भनी पीर लिएर के गर्छौं
पीडा बिर्सिन दिनहुुँ रक्सी पिएर के गर्छौं
नेताको घैँटोमा कहिल्यै घाम नलागेपछि ,
सभा जुलुसमा व्यर्थ समय दिएर के गर्छौं ।

( २ )
कर्मले ठग्यो तर मैले ठग्न सकिन
अनेकौं चोट सहिरहे डग्न सकिन
जिन्दगी अविरल बगाई हो भन्थे
हिउँझैं जमे नदी भई बग्न सकिन ।

( ३ )
सधै सत्ताको निम्ति मरिहत्ते गर्नेलाई के भनौं
कहिले यता त कहिले उता सर्नेलाई के भनौं
देशमा नैतिकता र आदर्शको खडेरी परेपछि ,
विदेशीको अगाडि लम्पसार पर्नेलाई के भनौं ।

( ४ )
तिम्रो सम्झनामा चौतारीमा बर पीपल सारेको छु
गाईभैंसीले खाईदेला भनी काँडेतारले बारेको छु
माया भन्ने पनि आखिर स्वार्थ रहेछ छोडेर गयौं
निष्ठुरीको याद आउँदा हर रात आँसु झारेको छु ।

( ५ )
मनभित्र पीडा छ सबैको सामुन्ने खुलेर हाँस्न सकिन
आफ्नै हातले फूल टिपेर पनि धागोमा गाँस्न सकिन
बिन्ती छ निष्ठुरीले मलाई धोका दियो न भन्नु है प्रिया ,
विवश छु चाहेर पनि तिमीलाई छातीमा टाँस्न सकिन ।

 

वि.सं.२०७७ चैत १४ शनिवार ०६:३८ मा प्रकाशित

चारु

चारु

भगवती दवाडी, झापा मनभित्र उज्यालो रोप नपाल अब डर सत्यको...

सुसेली

सुसेली

अमृता रामदाम, भरतपुर २, चितवन समय घाती आयु पनि नपुग्दै...

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कविता : ढाँटै राजा हुने गर्छ मेरो जाति समाजमा

कनकधारा स्वामी स्वदेशानन्द गुवाहाटी,असम ढाँटेकै मात्र पत्यायो मेरो जाति समाजले,...

असार १५ विशेष झिल्का कविता

असार १५ विशेष झिल्का कविता

ईश्वर साउँद(भिक्षु) रामाराेशन गापा ६ अछाम सदूरपश्चिम प्रदेश १ असारै...

कविता : पीडाका अगुल्टाहरू

कविता : पीडाका अगुल्टाहरू

भुवन शिवाकोटी “चौघरे”, काठमाडौँ बन्दुक बोकाएर लगेका मेरा बा फर्किएनन्...

गजल

गजल

अनुराग अरुण, लुभु , ललितपुर तिमी याद आयौ भने के...