back
CTIZAN AD

बंगलादेशबाट अध्ययन गरी फर्किएका डाक्टरहरु संगठित

वि.सं.२०७७ चैत १५ आइतवार

1.1K 

shares

१५ चैत्र, काठमाडौँ । बंगलादेशबाट चिकित्सा शिक्षा अध्ययन गरी नेपाल फर्किएका नेपाली चिकित्सकहरू संगठित भएका छन् ।

बंगलादेशबाट फर्किएका नेपाली चिकित्सकहरुको साझा चौतारी बनाउने उद्देश्यले हालै सम्पन्न एक भेलाले ‘सोसाइटी फर नेप्लिज डाक्टर्स अफ बंगलादेश’ गठन गरिएको छ । भेलाले सोसाइटीको संस्थापक डा. राकेश साहलाई चयन गरेको छ ।

बंगलादेशबाट अध्ययन गरी नेपाल आएका चिकित्सकलाई समेट्ने गरी सोसाइटीको गठन गरिएको नवगठित संस्थाका संस्थापक डा. साहले बताए । उनले छिट्टै अध्यक्षसहितको नयाँ कार्यकारीणी समिति सार्वजनिक गरिने बताए ।

सोसाइटीले सिनियर चिकित्सकलाई सल्लाहकार समिति बनाएर सोसाइटी अघि बढ्ने जानकारी दिएका छन् । साह भन्छन् ‘एमबिबिएस, बिडिएस, एमडिएस, एमएस र एमडि गरेका चिकित्सकलाई समेटर अगाडी बढ्ने छौं ।’

उनले आफूहरुले सोसाइटीलाई क्रियाशिल बनाइरहन सबैको साथ–सहयोगको अपेक्षा राखेको बताएका छन् । संस्था कम्पनी रजिष्टारको कार्यालयमा मुनाफारहित संस्थाका रुपमा दर्तासमेत गरिसकिएको छ ।

डा. साह बंगलादेशबाट एमबिबिएस र एमएस इन कोलोरेक्टल सर्जरी अध्ययन गरी नेपाल फर्किएका हुन् । विश्वव्यापी नेपाली विद्यार्थी संस्था (WNSO) बंगलादेश चयाप्टरका संस्थापक अध्यक्ष समेत रहेका डा. साह नेपाल मेडिकल एसोसिएसनकाे  Juniors Doctor’s Committee, , बाङ्लादेशका अध्यक्ष पनि हुन् ।

उनकै पहलमा बंगलादेशको विभिन्न शहरहरुमा वोन्सोको च्याप्टरहरु गठन गरिएको छ । सामाजिक व्यक्तित्व समेत रहेका उनले २०७२ मा नेपालमा आएको विनाशकारी भूकम्पबाट पीडितहरुका लागि सोलिडारिटी ट्रष्टमार्फत कपडाहरु प्रदान गर्नुका साथै स्कुलका विद्यार्थीहरुलाई कपि तथा पेन्सिल पनि वितरण गरेका थिए ।

वोन्सो बंगलादेशमा नयाँ कार्यसमिति, ढाका डिभिजन कार्यसमिति पनि चयन

वि.सं.२०७७ चैत १५ आइतवार ०७:२८ मा प्रकाशित

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन...

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

दराज नेपालद्वारा ६.६ मिड इयर शपिङ फेस्टको घोषणा,७५ प्रतिशतसम्म छुट र बम्पर उपहार जित्ने अवसर

काठमाडौँ । नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो...

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन

कैलाली । धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध...