-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

तपाईको आज (सोमबार) को राशिफल भन्छ-आज यी चार राशिकाले पुर्याउनुपर्नेछ विशेष ध्यान !



मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अर्थअभाव देखापर्नाले चिताएको काम रोकिन सक्छ । गोपनीयता बाहिरिनाले अवसरवादीहरूले फाइदा उठाउन सक्छन् । आलोचकहरू बढ्नेछन् भने वादविवादले समस्या निम्त्याउन सक्छ । तापनि, उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ । काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ । प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ । सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । मिहिनेत र बुद्धिको उपयोगले जटिल ठानिएको काम सम्पादन हुनेछ । आजको कामबाट दिगो फाइदा उठाउन सकिनेछ । मनको डर उत्साहमा रूपान्तरित हुनेछ । परिवारमा अभिभावकको सहयोग लिँदा विशेष काम सम्पादन हुन सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पहिलेको सफलताले धन आर्जन हुनेछ । तर चिताएको काम स्थगित हुन सक्छ । आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन् । मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ला । सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग रहेको छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अवसर आए पनि हडबडीले काममा बाधा पुर्याउन सक्छ । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिने सम्भावना छ । अध्ययनमा त्यति समय दिन नसकिएला । तर अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । केही चुनौती देखिए पनि पछि लाभ हुने काम गर्न सकिनेछ । अरूको मुख ताक्ने बानीले भने काममा पछि परिएला ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
खानपानको असावधानीले स्वास्थ्य प्रतिकूल बन्न सक्छ । चुनौतीसँग जुध्नुपरे पनि अवसर हातपार्न सकिनेछ । हिम्मत गर्दा अप्ठ्यारै काम पनि सम्पादन हुनेछ । केही लाभांश गुमाउनुपरे पनि पुरानो समस्या सुल्झाउन सकिनेछ । शुभचिन्तकहरूको साथले चिताएको काम बन्नेछ । बिछोडिएका आफन्तसँग भेटघाट हुनेछ । कमजोरी सुधार्न केही काम दोहोर्याउनुपर्ला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ । दिगो योजनाका लागि ऋण लिने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । कर्जा बढे पनि धन प्राप्त हुनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । परिश्रमको फल प्राप्त हुनाले व्यापार तथा साझेदारीमा लाभ हुनेछ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । आम्दानीका विभिन्न स्रोत देखिए पनि लगानीतर्फ लागत बढ्नेछ । आफ्नो लाभांशमाथि अरूले दाबी गर्न सक्छन् । मिहिनेतले लक्ष्य प्राप्त हुनुका साथै पछि फाइदा हुने काम प्रारम्भ हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अवसर प्राप्त भए पनि आफ्ना कमजोरी बाहिर आउनाले समस्या पर्नेछ । विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ । लगनशीलताले लाभ उठाउन सकिनेछ । स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला । प्रयत्नले जीवनशैलीमा सुधार ल्याउनुका साथै फाइदा पनि हुनेछ । काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर जुट्नेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । तारिफयोग्य कामको चर्चा हुनेछ । उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । मिहिनेतले प्रतिष्ठित स्थान दिलाउन सक्छ । व्यवसायमा पनि राम्रो फाइदा हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । बेसुरको निर्णयले समस्या आउला। बलजफ्तीले काम बिग्रन सक्छ । परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले मन खिन्न बनाउला । अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
काममा साथीभाइको सहयोग जुट्नेछ । सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ । धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ । अतिथिको रूपमा सत्कार पाइएला । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । व्यवसायले रमाइलो यात्रा गराउन सक्छ । प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला । प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ ।

२०७७ चैत १६ गते, सोमवार, (२९ मार्च २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज आइतबारको राशिफल, हेर्नुहोस् आज क–कसलाई छ विशेष लाभ ?


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको