back
CTIZAN AD

म्यानमारमा सैनिकको यो अमानवीयता भाइरल, मानवियता नै नभएका हुन् त म्यानमारी सेना ?

वि.सं.२०७७ चैत १५ आइतवार

735 

shares

१५ चैत्र,म्यानमार । गत फेब्रुअरी १ मा गरिएको सैन्य कू पछि म्यानमारमा हिंसा भड्किएको छ । नागरिकहरु स्वतस्फूर्त रुपमा प्रदर्शनमा उत्रिएका छन् । तर त्यहाँको सैनिक सरकार हिंसा कम गर्न भन्दा पनि भड्काउन उद्धत देखिन्छ ।

शनिवार प्रदर्शनकारीमाथि त्यहाँको सेनाले गरेको क्रुरता विश्वकै मानिसको रगत तात्ने खालको छ । नागरिकमाथिको सैनिक दमन झनझनै उग्र हुँदै गैरहेको छ ।

शनिबार एकैदिन म्यानमारमा सैनिक कूका विरुद्ध प्रदर्शनमा उत्रिएका ९० भन्दा बढी प्रदर्शनकारीको मृत्यु भएको छ । त्यसमध्ये शनिबारको एउटा भिडियो सामाजिक सञ्जालहरुमा निकै भाइरल भएको छ ।

सिसिटिभिमा क्याप्चर भएको उक्त भिडियो सेनाले बिना कुनै कारण आफ्नै सुरमा मोटरसाइकलमा हिडिरहेका तीन युवाहरुलाई ताकेर गोलि हानेको दृश्य भिडियोमा देख्न सकिन्छ । गोलि लागेर मोटरसाइकल लडेपछि दुई युवा भाग्न सफल हुन्छन् भने एक जनालाई ४ जना पुलिसले गोलि लागेका व्यक्तिलाई उचालेर आफ्नो गाडीमा हालेको दृश्य देख्न सकिन्छ ।

शनिबार प्रदर्शनकारी माथि भएको दमनलाई लिएर म्यानमार सैनिक सरकारको विश्वले विरोध जनाएको छ । सार्वजनिक भिडियोलाई लिएर सर्वसाधारणले समेत सामाजिक सञ्जालमा म्यानमार सैनिकको अमानविय कार्यको विरोध जनाएका छन् ।

वि.सं.२०७७ चैत १५ आइतवार १९:३४ मा प्रकाशित

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...