१७ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिक्रिया वादीहरुले केपी शर्मा ओलीलाई प्रयोग गरेर संविधान र गणतन्त्रमाथि प्रहार गरेको बताएका छन् ।
२० औ जेल ब्रेक दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी वर्गका प्रतिनिधिहरुमध्येका सबैभन्दा क्रुर, गणतन्त्र विरोधि, संघीयता विरोधी, समावेशी विरोधी, समानुपातिकता विरोधी प्रतिनिधिहरुको खोजी गर्ने क्रममा उनीहरुले केपी ओलीलाई प्रयोग गरेको बताए ।
‘यी उपलब्धिहरुलाई उल्ट्याउने षड्यन्त्र र कसरत भए र अझै पनि भइराखेका छन् । पुस ५ गतेको परिघटना संसद विघटन गर्ने एउटा सामान्य राजनीतिक परिघटना मात्रै होइन र थिएन,’ अध्यक्ष प्रचण्डले भने, ‘त्यो जनयुद्ध र जनआन्दोलनले कायम गरेका हजारौ शहीद, वेपत्ता योद्धा र क्रान्तिकारी योद्धाहरुले ल्याएको परिवर्तनलाई उल्ट्याउने षडयन्त्रको हिस्सा थियो ।’
वि.सं.२०७७ चैत १७ मंगलवार १५:४५ मा प्रकाशित






























