back
CTIZAN AD

आइएमई को–अपरेटिभ सम्मानित

वि.सं.२०७७ चैत २० शुक्रवार

630 

shares

२० चैत्र, काठमाडौं । आइएमई को–अपरेटिभ सर्भिस लिमिटेड आर्थिक वर्ष २०७६/०७७ मा नेपालका प्रारम्भिक सहकारी संस्थाहरू मध्ये सवैभन्दा बढी आयकर दाखिल गरेकोमा सम्मानित भएको छ । सहकारी विभागले ६४औँ सहकारी दिवसका अवसरमा आयोजित एक विशेष कार्यक्रमका वीच आइएमई को–अपरेटिभलाई उक्त सम्मान प्रदान गरेको हो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री माननीय डा. शिवमाया तुम्बाहाङ्फेले संस्थाको तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाललाई उक्त सम्मान प्रदान गरेका हुन् । सम्मान ग्रहण कार्यक्रममा आइएमई को–अपरेटिभ सर्भिस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अर्जुन शर्मा पौडेल एवम् बोर्ड सचिव सागर ढकालको उपस्थिती रहेको थियो ।

सम्मान ग्रहणपछि संक्षिप्त मन्तब्य दिँदै अध्यक्ष ढकालले सरकारले सहकारीलाई आर्थिक क्षेत्रको एक मुख्य आधार स्तम्भको रुपमा स्वीकार गर्दै आइरहेको सन्दर्भमा आफ्नो संस्थाले कर मार्फत समग्र सहकारी उद्योगमै सबैभन्दा बढी आयकर दाखिल गरी राज्यलाई सहयोग गर्न पाएकोमा प्रशन्नता व्यक्त गरे्े ।

संस्थाका सम्पूर्ण शेयरधनी एवम् कर्मचारीहरूलाई यो सफलताको मूख्य श्रेय दिँदै अध्यक्ष ढकालले आगामी दिनमा संस्थाले आफ्नो पहिचानलाई अझै बढाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे् ।

वि.सं.२०७७ चैत २० शुक्रवार १५:३९ मा प्रकाशित

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

विदेशबाट फर्केपछि फलफूलखेतीमा लागेका अधिकारीकाे वार्षिक १० लाख आम्दानीको लक्ष्य

भोजपुर, २३ जेठ – मलेसियामा करिब छ वर्ष रोजगारी गरेर फर्किएका...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

पालिकाले दियो किसानलाइ २६ लाख बराबरको कृषि सामाग्री

पालिकाले दियो किसानलाइ २६ लाख बराबरको कृषि सामाग्री

खोटाङ । रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र किसानको...

झाडी फाँडेर फलफूल बगैँचा, वार्षिक २० लाखको कारोबार

झाडी फाँडेर फलफूल बगैँचा, वार्षिक २० लाखको कारोबार

म्याग्दी । बेनी नगरपालिका–९ गिठिनीका सुजन चोखालले बाझिँएको पाखोबारीमा झाडी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...