
२० चैत, काठमाडौँ । रुरु जलविद्युत लिमिटेडले आज चैत २० गते शुक्रबारबाट सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यमा २० रुपैयाँ प्रिमियम थपेर १२० रुपैयाँ दरले कुल ४ करोड ८९ लाख २४ हजार ७२० रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । निष्काशन गरिएको कुल शेयरमध्ये २ प्रतिशतले अर्थात ८ हजार १५४ कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात २० हजार ३८५ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी रहेको ३ लाख ७९ हजार १६७ कित्ता सेयरमा आवेदन दिन सक्नेछन ।
यस कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।
यस कम्पनीको आईपीओमा सर्वसाधारणले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ।