back
CTIZAN AD

देशलाई फेरि चरम फासिबादी निरंकुशतातिर लैजाने षडयन्त्र भइरहेको छ–अध्यक्ष प्रचण्ड

वि.सं.२०७७ चैत २० शुक्रवार

681 

shares

२० चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताको उपलब्धिलाई उल्ट्याएर देशलाई निरंकुशतातिर धकेल्ने षडयन्त्र भइरहेको बताएका छन् ।

शुक्रबार प्राध्यापक माणिकलाल श्रेष्ठको श्रद्धान्जलिसभा कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेपाली जनताको पहिचान र अधिकारको लडाईलाई उल्ट्याउने र फेरि प्रतिगमनतिर लैजाने षडयन्त्र भएको बताएका हुन् ।

राज्य आफैले समाजलाई पछाडि धकेल्न खोजेको र प्रतिगमनतिर लैजान खोजेको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले जनताले झण्डै सातदशक भन्दा बढी समयदेखि लडेर ल्याएको उपलब्धिहरु उल्ट्याउन खोजिएको पनि बताए ।

‘अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि निर्मम प्रहार गर्ने षडयन्त्र भइरहेको छ । लोकतन्त्रका मूल्य मान्यता या आन्दोलनका उपलब्धिले स्थापीत गरेका मुद्दाहरु तथा सहीदहरुले वगाएको रगत मूल्यको अपमान गरेर फेरि समाजलाई फेरि चरम फासिबादी निरंकुतातिर लैजाने खतरा छ ।

अध्यक्ष प्रचण्डले यस्तो षडयन्त्रकाविरुद्ध एक भएर अगाडि बढ्न समेत सबैलाई आव्हान गरेका छन् । उनले जरुरी पर्यो भने आन्दोलनमा फेरि एकपटक त्यो तागत प्रदर्शन गर्नका लागि संकल्प गर्नुपर्ने बताएका छन् ।

अध्यक्ष प्रचण्डले प्राध्यापक माणिकलाल श्रेष्ठको जीवन भौतिक बैभव भन्दा आत्मिक चेतनाद्धारा समाजलाई सु–सस्कृति, सभ्य र अनुशासित बनाउने उद्धेश्यद्धारा प्रेरित रहेको पनि बताएका थिए ।

वि.सं.२०७७ चैत २० शुक्रवार १५:५९ मा प्रकाशित

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...