back

गाउँपालिकामा अपाङ्गता भएकालाई बाख्रा वितरण

वि.सं.२०७७ चैत २० शुक्रवार

138 

shares
NTC AD
Global IME AD

२० चैत्र, डोटी । यहाँको बडिकेदार गाउँपालिकामा अपाङ्गता भएका २७ व्यक्तिलाई बाख्रा वितरण गरिएको छ । बडिकेदार गाउँपालिकाको लक्षित वर्ग जीविकोपार्जन कार्यक्रमअन्तर्गत ती बाख्रा वितरण गरिएको हो । बडिकेदार गाउँपालिकाको आर्थिक सहयोग र मोहन्याल दृष्टिविहीन तथा अपाङ्गता सेवा समाजको आयोजनामा बाख्रा वितरण गरिएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दले जानकारी दिए ।

गाउँपालिकाभित्रका पाँचवटै वडाका २७ अपाङ्गता भएका व्यक्तिलाई जनही एक÷एकवटा बाख्रा वितरण गरेको हो । अपाङ्गता भएका व्यक्तिलाई जीविकोपार्जन गर्न सहयोग र सहज हुने उद्देश्यका साथ बाख्रा वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष इन्द्रा बोहरा ९भाट० ले बताए ।

उनले भने, “गाउँमा घाँसपात पनि प्रशस्त भएको र बाख्रापालनमा पनि सजिलो भएकाले यहाँका अपाङ्गता भएका व्यक्ति सहज होस् भनेर पहिलो चरणमा बाख्रा वितरण गरेका छौँ, आगामी दिनमा अन्य सीपमूलक तालिमसमेत प्रदान गर्नेछौँ ।” रासस

वि.सं.२०७७ चैत २० शुक्रवार १६:३२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

कैलालीका किसानको चैते धान खेतमिा आकर्षण बढ्दै

भजनी (कैलाली) । कैलालीको भजनी नगरपालिका–६ का पतीराम चौधरीले नौ...

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...

ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते

अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हँुदा पाँच जनाको...

कैलालीका किसान मकैखेतीमा आकर्षित हुँदै

कैलालीका किसान मकैखेतीमा आकर्षित हुँदै

टीकापुर (कैलाली) । पछिल्लो समय कैलालीका किसान मकैखेतीमा आकर्षित हुन...

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्दै

कोरोना भाइरसको सङ्क्रमण दर उकालो लाग्दै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर...