back
CTIZAN AD

संसद तानतानको थलो मात्र भयो कामै गर्न दिइएन-प्रधानमन्त्री ओली

वि.सं.२०७७ चैत २० शुक्रवार

702 

shares

२० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुर्नस्थापना भएपनि काम हुन नसकेको भन्दै संसदलाई तानातानको थलो मात्र बनाइएको बताएका छन् ।

भृकुटी मण्डपमा शुक्रबार मेलाम्ची खानेपानी वितरण उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओली संसदलाई तानातानको थलो बनाउने काम भएको भन्दै केही बलिया हुँ भन्ने व्यक्तिहरुको स्वार्थका तानातानमा अब संसद पर्न नहुने बताए ।

‘संसदमा देशको बारेमा सोचिनु पर्छ । जनताका बारेमा, विकास निर्माणको बारेमा तथा देशलाई कसरी अगाडि बढाउने भन्ने बारेमा, देशमा शान्ति, सु–व्यवस्था, अमन चयन कसरी राख्ने भन्नेबारेमा संसदले सोच्नुपर्छ,’ संम्बोधनका क्रममा प्रधानमन्त्रीले भने, ‘तर सरकारलाई काम गर्न दिइएन भनेर मैले पहिले भनेको थिए । अहिले पनि काम गर्न दिइएको छैन ।’

प्रधानमन्त्रीले व्यक्तिगत आकांक्षा परिपूर्ति नहुँदा संविधान च्यातियो, मासियो, प्रतिगमन भयो भन्नेहरुको कुरा सुनेर नअलमलिन आग्रह समेत गरे । ‘देश अगाडि बढ्छ । तपाई हामीले अगाडि बढाउने हो । विकास क्रम अगाडि बढ्छ । सरकारको ध्यान यसैमा छ ।’ प्रधानमन्त्रीले भने ।

वि.सं.२०७७ चैत २० शुक्रवार १६:२९ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...