back
CTIZAN AD

‘एमालेको एकता जोगाऔँ’ भन्दै माधव समूह गाउँगाउँ पुग्ने

वि.सं.२०७७ चैत २१ शनिवार

729 

shares

२१ चैत्र, काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले पार्टी पुनर्गठनको दुई महिने कार्यक्रम घोषणा गरेको छ ।

काठमाडौँमा शनिबार बसेको नेपाल पक्षधर स्थायी कमिटी बैठकले पार्टी संगठन निर्माण र सुदृढीकरणका लागि दुई महिने कार्यक्रम घोषणा गरेको हो । बैठकले ‘एमालेको एकता जोगाऔँ, कम्युनिस्ट आन्दोलनको रक्षा गरौँ’ नारासहित चैत १५ देखि असार १५ सम्म दुई महिना अभियान कार्यक्रम सार्वजनिक गरेको छ ।

बैठकले अभियानका साथै प्रशिक्षणका दुई महिने कार्यक्रम गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य योगेश भट्टराईले जानकारी दिए । चैत ४ र ५ गते सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत गरिएको प्रतिवेदनमा स्थायी कमिटी र केन्द्रीय कमिटी सदस्यहरूका सुझाव थपेर प्रकाशन गरिने र प्रशिक्षणका लागि मुलुकभर लगिने नेता भट्टराईले जानकारी गराएका छन् ।

भट्टराईका अनुसार दुई महिने अभियानका क्रममा २०७५ जेठ २ गतेसम्मको पार्टी कमिटी पुनर्सञ्चालन, गठन र पुनर्गठन गर्ने निर्णय भएको छ ।

चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेलामा प्राप्त भएका सुझावलाई समेटेर सुदृढीकरणको अवधारणापत्र तयार पारेको नेपाल समूहका नेताहरुले बताएका छन् । पार्टीका अन्तरविरोधलाई लिएर कार्यकर्तालाई प्रशिक्षित गर्ने निर्णय पनि बैठकले गरेको जनाइएको छ । दुई महिने अभियानका क्रममा वडा तहसम्म पुग्ने बताइएकाे छ ।

बैठकले दुई पार्टीलाई पूर्ववत अवस्थामा फर्काउने २३ फागुनको सर्वोच्च अदालतको फैसलाअनुसार २ जेठलाई आधार मानेर पार्टी एकतामा फर्कन अध्यक्षलाई आग्रह गरेको छ ।

पार्टी एकता जोगाउनका निम्ती यो दुई महिनाको अवधिमा तीनवटा ठूला सभा गर्ने निर्णय पनि बैठकले लिएको छ ।जसअनुसार बैशाख ९ गते राजधानीमा सभा गर्ने, १३ गते विराटनगरमा र जेठ ३ गते चितवनमा सभा गर्ने नेपाल समूहको तयारी छ । ९ गते एमाले स्थापना दिवसको अवसर, १३ गते विराटनगरमा मनमोहन स्मृति दिवस र ३ जेठ मदन–आश्रित स्मृति दिवसका अवसरमा चितवनमा राष्ट्रियस्तरको कार्यक्रम आयोजना गर्ने निर्णय यो समूहले लिएको छ ।

 

 

वि.सं.२०७७ चैत २१ शनिवार १९:४६ मा प्रकाशित

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता...