back
CTIZAN AD

औद्योगिक क्षेत्र निर्माणको कार्य अगाडि बढाइँदै

वि.सं.२०७७ चैत २३ सोमवार

717 

shares

२३ चैत, कञ्चनपुर । बेदकोट नगरपालिकामा दैजी छेला औद्योगिक क्षेत्रको कार्यले गति लिन थालेको छ । औद्योगिक क्षेत्रभित्र पर्ने रुख बिरुवाको नम्बरिङ, छपान, मूल्याङ्कन, इआइएको भेरिफाइ गर्नेसम्बन्धी कार्य अगाडि बढ्ने भएको हो ।

नगर प्रमुख अशोक चन्दका अनुसार मङ्गलबारदेखि प्राविधिक टोलीले औद्योगिक क्षेत्रका लागि छुट्टयाइएको जग्गामा गएर कार्य अगाडि बढाउन लागिएको हो । कार्य अगाडि बढाउनका लागि नगर प्रमुख, वडाध्यक्ष, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, डिभिजन वन कार्यालय, सव डिभिजन वन कार्यालय, सामुदायिक वनका प्रतिनिधिसँग छलफल गरिएको छ ।

औद्योगिक क्षेत्रको कार्य छिटो छरितो तथा प्रभावकारी रुपमा अगाडि बढाउनका लागि डिभिजन वन कार्यालयलाई औद्यागिक क्षेत्र व्यवस्थापन लिमिटेडले रु आठ लाख १३ हजार रकम पेश्कीका रुपमा उपलब्ध गराउने निर्णय गरेको बताइएको छ । बिल भर्पाइसहितको खर्चको फाँटबारी प्राप्त भएपछि फरकफरक हुने गरी लागत अनुमानका आधारमा रकम डिभिजन वन कार्यालयका नाममा पेश्कीका रुपमा उपलब्ध गराइने जनाइएको छ । गत महिना प्रधानमन्त्री केपी शर्मा ओलीले औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए ।

औद्योगिक क्षेत्रको हालसम्म वन तथा वातावरण मन्त्रालयबाट वातावरण प्रभाव मूल्याङ्कन स्वीकृत भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिको बैठकबाट २४० दशमलब ३४ हेक्टर ३५५ दशमलव ७० बिघा जग्गामा डिपिआर निर्माणको कार्य सम्पन्न गरी स्वीकृत भइसकेको छ । विसं २०७३ मा मन्त्रिपरिषद्को निर्णयबाट पूर्वतर्फ छेला मुक्तकमैया बस्ती तथा धेउडीथुमखोल्सा पश्चिममा साजगाड खोला, उत्तरमा चुरे वन क्षेत्र तथा दक्षिण तर्फ चाँदनीफाँटा बस्तीसम्मको ९०० बिघा जग्गा औद्योगिक क्षेत्रका लागि कायम गरिएको थियो ।

घोषणा भएको चार किल्लाभित्रको जग्गा जिल्ला नापी कार्यालयबाट नापजाँच गरी नाप नक्सा तथा फिल्डबुक तयार गरी करिब २९४ बिघा जग्गाको दर्ताको लागि मालपोत कार्यालयमा सिफारिससमेत गरिएको छ । आयोजनाको कूल लागत रु नौ अर्ब रहेको छ । औद्योगिक प्लटसङ्ख्या र क्षेत्रफल १०० प्लटमा रहने छ भने साना उद्योगका लागि २३ वटा प्लट छुट्याइएको छ ।

सोमा सातदेखि १० कट्टा जग्गाको व्यवस्था गरिएको छ । मझौला उद्योगका लागि ४४ प्लट छुट्याइएको र त्यसमा १० देखि २० कट्टा जग्गाको व्यवस्था रहेको छ । आयोजना पूर्वाधार निर्माण गर्न ०७७÷७८ देखि पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आद्यौगिक क्षेत्रमा अनुमानित रोजगारीको सङ्ख्या २२ हजार रहेको छ ।
रासस

वि.सं.२०७७ चैत २३ सोमवार ०९:२३ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...