
२४ चैत, काठमाडौं । एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले सुदूरपश्चिममा समानान्तर कमिटी गठन गरेको छ ।
नेपाल–खनाल पक्षको सोमबार सम्पन्न प्रदेशस्तरीय विस्तारित बैठकले नेता भिम रावलको संयोजकत्वमा कमिट गठन गरेको हो ।
उक्त बैठकले कैलालीको अध्यक्षमा दीर्घ सोडारी, कञ्चनपुरमा तारा लामा तामाङ, डोटीमा चक्र बहादुर मल्ल,डडेल्धुरामा तारा जोशी, बैतडीमा महादेव भट्ट, अछाममा शेर बहादुर कुँवर, बझाङमा दिल बहादुर सिंह र बाजुरामा गगन रावल अध्यक्ष रहेका छन् । साथै दार्चुलामा अध्यक्ष तोक्न बाँकी रहेको बताइएको छ ।