back
CTIZAN AD

लुम्बिनी प्रदेशका दुई सांसद पदमुक्त

वि.सं.२०७७ चैत २४ मंगलवार

678 

shares

२४ चैत्र, बुटवल । नेकपा(माओवादी केन्द्र)बाट निर्वाचित लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दधिराम न्यौपाने र दिनेश पन्थी पदमुक्त भएका छन् ।

प्रदेश सभाको मंगलबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले न्यौपाने र पन्थीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् ।

नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको जानकारी तथा प्रदेश सभा संसदीय दलको निर्णयको पत्र सचिवालयलाई प्राप्त भएअनुसार सभामुख घर्तीले न्यौपाने र पन्थीको पद रिक्त रहेको घोषणा गरेका थिए ।

न्यौपाने रुपन्देही क्षेत्र नंं १(२) र दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २(२)बाट निर्वाचित प्रदेश सभा सदस्य थिए। दुवैले माओवादी परित्याग गरी ओली नेतृत्वको एमालेको केन्द्रिय सदस्य बनेका थिए।

‘प्रदेश सभाको नियमावलीको १ सय ९२ बमोजिम दल त्यागको सूचना बैठकलाई दिएमा त्यस्तो सदस्यको स्थान रिक्त रहने मानिने छ भन्‍ने व्यवस्था रहेको छ ।

सोही व्यवस्था अनुसार सभामुख घर्तीले न्यौपाने र पन्थीको प्रदेश सभा सदस्य पद रिक्त रहने व्यहोरो सदनलाई जानकारी गराएका थिए ।

दुई जनाको पद रिक्त रहेको घोषणासँगै सभामुखले चालु संसद्को अधिवेशन पनि अन्त भएको घोषणा गरेका थिए ।

वि.सं.२०७७ चैत २४ मंगलवार २०:०४ मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...