back
CTIZAN AD

रुकुममा पुगेर प्रचण्ड भने ‘मैले गल्ती गरेँ ’

वि.सं.२०७७ चैत २४ मंगलवार

798 

shares

२४ चैत्र, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले गलत मान्छेलाई विश्वास गरेर गल्ति गरेको बताएका छन् ।

३२ औं जनआन्दोलन दिवसका सन्दर्भ पारेर नेकपा माओवादी केन्द्रले मंगलबार रुकुम पश्चिममा आयोजना गरेको जन प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गलत मान्छेलाई विश्वास गरेर गल्ति गरेको बताएका हुन् ।

उनले केही नेताहरुप्रति संकेत गर्दै भने भने ‘संगठनमा कुनै प्रभाव नै नभएका मानिसलाई स्थायी समितिमा राखियो, त्यस्ता मानिस ‘बिकाउ’ साबित भए ।’

उनले अगाडि भने, ‘मलाई गद्दार भन्नेहरू गल्ती स्वीकार गर्दै आएपछि मैले विश्वास गरेँ । सायद मैले गल्ती गरेँ । म अब त्यस्तो गर्दिनँ ।’

विगतमा आफूहरुबाट भएका गल्तिहरु सच्याउने गरी आत्मालोचनासहित नयाँ सङ्कल्प गर्न नागरिक माझ आएको बताउँदै उनले विगतका वाचा, प्रतिबद्धता कहिल्यै नभुल्ने बताउँदै देश र नागरिकप्रति दायाँ–बायाँ नगरेको र अब पनि नगर्ने प्रतिबद्धता जनाएका थिए ।

वि.सं.२०७७ चैत २४ मंगलवार २०:४५ मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...