back
CTIZAN AD

चीनबाट प्राप्त खोप बुधबारदेखि लगाइँदै, यी अस्पतालमा लगाउन पाइन्छ

वि.सं.२०७७ चैत २४ मंगलवार

834 

shares

२४ चैत्र, काठमाडौं। चीनबाट अनुदान सहयोगमा प्राप्त कोभिड–१९ विरुद्धको सार्स कोभ– २ भ्याक्सिन (भेरोसेल) खोप बुधबारदेखि लगाइने भएको छ।

चीनले आफ्नो देश प्रवेश गर्नेलाई अन्य देशले उत्पादन गरेको खोप लगाए मान्यता नदिने परिपत्र गरेपछि स्वास्थ्य मन्त्रालयले चीनबाट ल्याएको भेरोसेल लगाउने निर्णय गरेको हो ।

चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि १४ वटा खोप केन्द्रबाट दिन लागिएको हो। उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, सीमापार व्यापार व्यवसाय गर्ने, चीनमा अध्ययन गर्न जाने विद्यार्थी, भ्रमणमा जाने कर्मचारीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने जनशक्ति, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि, फलफुल र तरकारी व्यवसाय गर्ने व्यक्तिहरुलाई पनि खोप दिइने मन्त्रालयले जनाएको छ।

मन्त्रालयले यसअघि काठमाडौं उपत्यकाका अस्पताल र प्रदेश अस्पतालमा केन्द्रित रहेर लगाउने जनाएपनि हाललाई काठमाडौमा मात्र खोप लगाइने भएको छ ।

मन्त्रालयका अनुसार यी १४ स्थानमा खोप अभियान सञ्चालन हुनेछ।

१)शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु
२) परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, थापाथली
३) निजामती कर्मचारी अस्पताल, मिनभवन
४) चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल
५) राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान तालिम केन्द्र, कीर्तिपुर
६) त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
७) काठमाडौँ मेडिकल कलेज, सिनामंगल
८) नेपाल मेडिकल कलेज, अत्तर खेल
९) शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी
१०) वीरेन्द्र अस्पताल छाउनी
११) एपीएफ अस्पताल, बलम्बु
१२) नेपाल प्रहरी अस्पताल, पानी पोखरी
१३) ओम अस्पताल रिसर्च सेन्टर, चावहिल
१४) क्षेत्रपाटी निःशुल्क चिकित्सालय, क्षेत्रपाटी

 

वि.सं.२०७७ चैत २४ मंगलवार २१:१७ मा प्रकाशित

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

ओप्पो ए६एक्स स्मार्टफोन नेपालमा सार्वजनिक

काठमाडौं । ओप्पो ले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए६एक्स नेपाली...

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

सिटिजन लाइफद्वारा ‘सिटिजन लिडर्स’ सांसदलाई सम्मान

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले प्रतिनिधि सभा...

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

देशप्रति इमानदार, आशा र विश्वासको दृष्टिकोण आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले यतिबेला देशप्रति इमानदार चिन्तन,...

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

रावा बैंक र नेपाल क्लियिरिङ हाउसबीच ‘नेपाल पे कार्ड’ सम्झौता

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल क्लियिरिङ हाउस...