back
CTIZAN AD

तपाईको आज (बुधबार) को राशिफल, आज यी ६ राशिकालाई हुनेछ विशेष फाइदा !

वि.सं.२०७७ चैत २५ बुधवार

675 

shares

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ । रोकिएको काम बन्नेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ । विशेष भेटघाटले काममा उत्साह बढाउला । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व हातलागी हुनेछ । साँझतिर आम्दानी बढ्नेछ र धनलाभ हुनेछ । तर हातलागी भएको रकम सरसापटमा बाहिरिन सक्छ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्ला । सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ । परिस्थितिवश फाइदा नहुने काममा अलमलिनुपर्ला । आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् । जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ । साँझतिर सामाजिक कामको जिम्मेवारी आउला । चुनौतीभित्र अवसर खोज्ने समय छ । प्रयत्न गर्दा जटिल काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ । अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ । विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ । साँझदेखि अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । बाध्यात्मक परिस्थितिले इच्छाशक्ति कुण्ठित हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतिस्पर्धा गर्नुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ । परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । यात्राको प्रक्रिया अघि बढ्नेछ । पुरुषार्थी काम सिद्ध गर्ने समय छ । साँझतिर प्रियजनसँग भेटघाट हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । स्वास्थ्यका कारण अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ । अरूका लागि धन र बुद्धि खर्चनुपर्ला । समयको गतिलाई पछ्याउन नसक्दा काममा पछि परिनेछ । साँझदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानीका स्रोत बढ्नेछन् । प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ । तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ । बेसुरमा बोल्ने बानीले पनि दुःख पाइनेछ । आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ । साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला । हडबडीले समस्या निम्त्याउन सक्छ । आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन् । हल्लाको विश्वास गर्दा धोका पाइनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यावसायमा फड्को मार्न सकिनेछ । प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन् । कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ । रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ । व्यापारमा प्रशस्त फाइदा हुनेछ । साँझतिर भने काम बिग्रने भयले सताउन सक्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्नेछन् । आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ । सञ्चित रकम खर्चनुपर्नेछ । अरूको मुख ताक्ने बानीले पछि परिनेछ । शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला । साँझदेखि स्थितिमा सुधार आउनाले नयाँ मार्गतर्फ अग्रसर भइनेछ । व्यापार बढ्नाले लाभ हुनेछ । विभिन्न भौतिक साधन संग्रह गर्ने अवसर प्राप्त हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर जुट्नेछ । नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ । तर सहयोगीहरूको भरपर्दा पछि परिएला । आगन्तुकहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफन्तसँग भेटघाट हुनेछ । अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला । साँझतिर प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वासमा पर्दा धोका हुन सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्राको सम्भावना देखिन्छ । साँझदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ । तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन हुनेछ । सञ्चित धनको उपयोगले फाइदा हुनेछ । सजिलै लक्ष्यमा पुग्न सकिनेछ । प्रतीक्षा गरिएको काम बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । साँझतिर खर्चको जोहो गर्न कर्जा लिनुपर्ला । धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुहोला ।

तपाईको आज मंगलबारको राशिफल भन्छ-आज यी राशिकालाई हुनेछ विशेष लाभ !

वि.सं.२०७७ चैत २५ बुधवार ०७:४१ मा प्रकाशित