back
CTIZAN AD

पहिलो लिगमा रियल मड्रिड र म्यानचेष्टर सिटी विजयी

वि.सं.२०७७ चैत २५ बुधवार

612 

shares

२५ चैत, काठमाडौं । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिड र म्यानचेष्टर सिटी विजयी भएका छन् । क्वाटरफाइनल अन्तरगतको पहिलो लिगमा यी दुई टिमले अग्रता लिएको हो ।

पहिलो लिगमा स्पानिस महारथि रियलले इंग्लिस क्लब लिभरपुललाई र इंग्लिस क्लब म्यानचेष्टर सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डलाई पराजित गरेको हो । रियलले पहिलो लिगमा ३-१ को जित निकाल्दा सिटीले २-१ को जित हात पारेको हो ।

रियलको घरेलु मैदानमा भएको खेलमा उसको जितमा भिनिसियस जुनियरले खेलको २७औं र ६५औं मिनेटमा गोल गरे भने मार्को असेन्सियओले ३६औं मिनटमा गोल गरेका थिए । लिभरपुलका लागि भने एक मात्र गोल ५१औं मिनेटमा मोहम्मद सालाहले गरेका थिए ।

उता सिटीले घरेलु मैदानमा जित हात निकाल्दा केभिन डे ब्रुएनाले १९औं र फिल फोडेनले ९०औं मिनेटमा गोल गरेभने डर्टमण्डका लागि मार्को रिउसले ८४औं मिनेटमा गोल गरेका थिए ।

च्याम्पियन्स लिग अन्तरगत आजपनि दुई खेल हुदै छ । क्याटरफाईनल अन्तरगत हुने खेलमा फ्रेन्त क्लब पेरिस सेन्ट जर्मन र बायन म्यूनिख भिड्दै छन् भने अर्को खेल पोर्टोे र चेल्सि बिच हुदै छ ।

वि.सं.२०७७ चैत २५ बुधवार १०:३७ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...