२५ चैत्र, काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रीक कम्पनी सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेको छ।
अपर सोलुले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणका लागि आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले रू. ३३ करोड ७ लाख ५० हजार बरारबको ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ विक्रीको अनुमति माग्दै बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले चैत १६ गते बोर्डमा निवेदन दर्ता गराएको हो । कम्पनीको उक्त साधारण सेयर (आईपीओ) सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटल लिमिटेडले गर्नेछ ।