२५ चैत्र, काठमाडौं । सर्वोत्तम सिमेन्टले १५ शैय्याको अस्पताल निर्माण गर्ने भएको छ। नवलपरासीको सुनवल नगरपालिकामा सामाजिक उत्तरदायित्वअन्तर्गत सर्वोत्तम सिमेन्टले १५ बेड क्षमताको अस्पताल निर्माण गर्ने गरी नगरपालिकालाई प्रतिबद्धता पत्र प्रदान गरेको छ।
करीब ४ करोडको लागतमा सम्पन्न हुने उक्त अस्पताल निर्माणको प्रतिबद्धता–पत्र कम्पनीका अध्यक्ष विष्णु न्यौपानेले सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापा क्षेत्रीलाई हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा लुम्बीनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल समेत प्रमुख अतिथिका रुपमा उपस्थित थिए ।
यसका साथै सोही कार्यत्रममा कम्पनीका अध्यक्ष विष्णु न्यौपानेका पिता लिलाराम न्यौपानेको स्मृतिमा भीम अस्पताल, भैरहवामा बनेको लिलाराम न्यौपाने आकस्मिक कक्षको समेत उद्घाटन भएको छ । उक्त अत्यधुनिक कक्षमा २५ बेड सहित ३ वटा आईसियू तथा २ भेन्टिलेटर समेतको सुविधा रहेको छ भने सो २ तले भवनको निर्माण लागत ३ करोड २५ लाख रहेको छ ।
यसैगरी, अब सर्वोत्तम सिमेन्टले आफ्नो उद्योेगको उत्पादन क्षमता ४०,००० बोरा प्रति दिन बाट बढाई ६०,००० बोरा बनाएको छ ।
वि.सं.२०७७ चैत २५ बुधवार १५:३५ मा प्रकाशित





























