back
CTIZAN AD

सुदूरपश्चिम प्रदेश अध्यक्षमा योगेश रावल विजयी

वि.सं.२०७७ चैत २७ शुक्रवार

693 

shares

२७ चैत, काठमाडौं। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा योगेश रावल विजयी भएका छन् । रावल विभिन्न १२ वटा राजनीतिक संगठनहरुको संयुक्त प्यानलको नेतृत्व गरेर उम्मेदवार बनेका थिए ।

उनका प्रतिस्पर्धीमा प्रेस चौतारी (ओली समूह)को नेतृत्वका कृष्ण ओली मैदानमा थिए । रावलले सात सय ५६ मत प्राप्त गर्दा कृष्णले भने दुई सय ९२ भोट मात्र प्राप्त गरेका छन् । रावलले ओलीलाई चार सय ६४ मत अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रेस युनियन निकट रावल कैलालीको टिकापुरबाट पत्रकारितामा सक्रिय बन्दै यसअघि प्रदेश समितिका महासचिव बनेका थिए । रावलसँगै उनको प्यानलबाट उपाध्यक्षमा योगेन्द्र बलायर, महासचिवमा रामसिंह ठगुन्ना, सचिवमा हरिप्रसाद जोशी, समावेशी सचिवमा प्रेम चुनारा र कोषाध्यक्षमा राम धामी निर्वाचित भएका हुन् ।

बिजयी बलायरले ६ सय ६५ मत, प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी लक्ष्मण तिवारीले तीन सय ६१ मत प्राप्त गरे । ठगुन्नाले ६ सय १५ मत प्राप्त गरेभने उनका प्रतिद्वन्द्वी शिवराज भट्टले चार सय २५ मत पाए । सचिवमा निर्बाचित जोशी ६ सय ६० मत पाउदा उनका निकटतम प्रतिद्धन्द्धी नरेन्द्रसिंह कार्कीले तीन सय ३७ मत प्राप्त गरे ।

चुनाराले ६ सय ६६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी दलबहादुर चदाराले तीन सय २१ मत प्राप्त गरे । भने कोषाध्यक्ष धामीले पाँच सय ४८ मत सहित विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी नरेशकुमार शाहीले दुई सय ८१ मत प्राप्त गरे ।

डडेल्धुरामा विद्रोही गठवन्धन बिजयी

डडेल्धुरामा युनियन नेतृत्वको गठवन्धनकाे प्रतिद्वन्द्वीमा  युनियन निकटकै अर्को प्यानल खडा गरि चुनाबि मैदानमा उत्रिएका थिए । उनीहरुले युनियनका बरुण पनेरु नेतृत्वकाे टिमलाई स्वविकार नगरि प्रेस चौतारी माधव–खनाल समूहका हिक्मत सिंह नेतृत्वमा नयाँ टिम तयार गरेको थियो ।

केन्द्रदेखिको गठवन्धनविरुद्ध लागेको भन्दै सिंहलाई कारवाही भएपनि चुनावी बाजी भने सिंहको प्यानललेनै मारेको छ । सिंहले गठबन्धनका आधिकारिक उम्मेद्वार पनेरुलाई १८ मतको अन्तरले पराजित गरेका हुन् । उपाध्यक्ष, सहसचित, समावेशी सचिव र कोषाध्यक्ष पनि सिंह प्यानलकै विजयी भए ।

वि.सं.२०७७ चैत २७ शुक्रवार ०८:४५ मा प्रकाशित

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...