back
CTIZAN AD

नेपाल पक्षको सुदूरपश्चिम प्रदेशका जिल्ला कमिटीलाई पूर्णता, को–को छन् त कमिटीहरुमा ?

वि.सं.२०७७ चैत २९ आइतवार

825 

shares

२९ चैत, काठमाण्डौं । नेकपा एमालेका माधव कुमार नेपाल समूहले सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा समानान्तर कमिटी गठन गरेको छ ।

केही दिन अगाडि नेता भीम रावलको संयोजकत्वमा प्रदेशस्तरीय कमिटी गठन गरेको नेपाल समूहले सुदूरपश्चिमका सबै जिल्लामा कमिटी विस्तार गरेको जानकारी दिएको छ ।

सुदूरपश्चिमको धनगढीमा दुईदिन सम्म चलेको प्रदेश कमिटीको बैठकले सबै जिल्लामा समानान्तर कमिटी गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

उक्त बैठकले कञ्चनपुरमा अध्यक्षमा तारा लामा तामाङ, उपाध्यक्षमा जीवनराज थापा, सचिवमा रणबहादुर महरा, उपसचिवमा रविन्द्र कुँवर र कार्यालय सचिवमा मोहनसिंह रावत र बाजुरामा गगनबहादुर रावल अध्यक्ष, पुरबहादुर रावत सचिव र निरबहादुर शाही उपसचिव, बैतडीमा महादेव भट्ट अध्यक्ष, कृष्ण साउद उपाध्यक्ष, हर्कबहादुर धानुकलाई सचिवमा चयन गरिएको जानकारी दिएको छ ।

त्यस्तै कैलालीमा दीर्घ सोडारी, डडेल्धुरामा डा. तारा जोशी, डोटीमा चक्रबहादुर मल्ल, बझाङमा दीलबहादुर सिंह र अछाममा शेरवहादुर कुँवरलाई नै अध्यक्षमा नितरन्तरता दिइएको छ ।

त्यसैगरी अछाम, कैलाली, डडेल्धुरा, डोटी र बझाङमा भने यसअघिकै पदाधिकारीलाई निरन्तरता दिइने र रिक्त पदाधिकारी पूर्ती गर्न जिल्ला समितिलाई निर्देशन दिइएको बताएको छ ।

अध्यक्ष कर्ण थापालाई कारबाही
एमालेको खनाल–नेपाल समहूले पार्टीका सुदूरपश्चिम अध्यक्ष कर्ण बहादुर थापालाई एकवर्षका लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको छ ।
खनाल नेपाल समूहका सुदूरपश्चिम संयोजक नेता भीम रावलको नेतृत्वमा बसेको बैठकर्ले पार्टीको विधान, नियमावली पद्धति र मान्यताको उल्लघन गरेर विभाजन कार्यमा लागेको भन्दै थापालाई कारबाही गरिएको जनाएको छ ।

वि.सं.२०७७ चैत २९ आइतवार १६:१९ मा प्रकाशित

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...