back
CTIZAN AD

अवैध मान्छेले गरेको कारवाही वैध हुँदैन : भीम रावल

वि.सं.२०७७ चैत २९ आइतवार

732 

shares

२९ चैत, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली आफै अवैध व्यक्ति भएकाले उनले गरेको कारवाही वैध नहुने बताएका छन् ।  ओलीले पदको दुरुप्रयोग गरि आफ्नो गुटमा नआए पद खोस्ने धम्कि दिने गरेको उनले बताए ।

आइतबार दिउँसो सुदुरपश्चिम प्रदेश पार्टी कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै रावलले ओलीले आफु लगाएत पार्टीमा लामो समय संघर्ष गरेका नेताहरुलाई गरेएको कारवाही वैध नहुने धारणा राखे । ‘नवौं महाधिवेशनको निर्देशन विपरीत, विधानविपरीत काम गर्ने ओली आफैँ अवैध हुन्, अवैध मान्छेले गरेको कारवाही वैध हुँदैन,’उनले भने।

रावलका अनुसार ओलीले आफ्नो गुटमा तान्न जनप्रतिनिधिलाई धम्क्याउने गरेको र नआए पद खोस्ने भन्दै धम्कि दिनेगरेको पनि बताए । ‘प्रधानमन्त्रीले वडा, पालिका र विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिहरूलाई आफ्नो गुटमा तान्ने प्रयास गर्दैछन्। प्रधानमन्त्रीले धम्क्याउने र तर्साउने क्रियाकलाप गर्नु निन्दनीय छ,’ उनले भने।

ओलीले विभिन्न प्रलोभन देखाउने धम्क्याउने गरेपनि उनको धम्किबाट नडराउन उनले जनप्रतिनिधिमा आग्रह गरे । पार्टी छोडे, पार्टी र देश  हितविपरीत काम गरे मात्र निस्कासन गर्न पाउने हुदा कानुनबमोजिम काम गर्नेहरु ओलीको धम्किबाट डराउन नपर्ने उनले बताए । ओलीले माधब नेपाल, भिम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई छ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन्।

वि.सं.२०७७ चैत २९ आइतवार १६:२६ मा प्रकाशित

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...