back
CTIZAN AD

आज पंजाब किंग्स र राजस्थान रोयल्स भिड्दैँ, यी खेलाडीले पाउन सक्छन मौका

वि.सं.२०७७ चैत ३० सोमवार

795 

shares

३० चैत, काठमाडौँ । आईपिएलको चौथो खेलमा आज पंजाब किंग्स र राजस्थान रोयल्स भिड्दैँ छन । किंग्स इलेवन पंजाबबाट नाम परिवर्तन गरि पंजाब किंग्स भएको टिमको कप्तानी केएल राहुल गर्ने छन राजस्थान रोयल्सको कप्तानी युवा खेलाडी संजु श्यामसनले गर्ने छन ।

गत संस्करणको आईपिएलमा समुह चरणबाटै बाहिरिएका यी दुवै टिमले यस सिजनको सुरुवात भने जितका साथ गर्ने दाउनमा रहेने छन । यी दुई टिमले आईपिएलमा अहिलेसम्म २१ पटक खेल भएको छ जसमा राजस्थानले १२ पटक जित हासिल गरेको छ भने पंजाबले ८ खेलमा जित हासिल गरेको छ । यी दुई टिम बिचको १ खेल भने बराबरीमा रोकिएको छ ।

पंजाब र राजस्थान बिचको खेल नेपाली समय अनुसार ७:४५ बाट सुरु हुनेछ ।

पंजाब किंग्सको सम्भावित प्लेइङ्ग-११
केएल राहुल, मयंक अग्रवाल, क्रिस गेल, निकोलस पूरन, दीपक हुड्डा, शाहरुख खान, मोइसेस हेनरिक्स, मुरुगन अश्विन, मोहम्मद शमी, रिले मेरेडिथ, रवि बिश्नोई ।

राजस्थान रोयल्सको सम्भावित प्लेइङ्ग-११
जस बटलर, बेन स्टोक्स, संजु श्यामसन, रियान पराग, शिवम दुबे, राहुल तेवाटिया, क्रिस मोरिस, लियाम लिभिंगस्टोन, श्रेयस गोपाल, जयदेव उनादकट, कार्तिक त्यागी ।

वि.सं.२०७७ चैत ३० सोमवार १६:३० मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...