back
CTIZAN AD

दोस्रो टि-२० पाकिस्तान ६ विकेटले पराजित, जर्ज लिन्डेको उत्कृष्ट बलिङ्ग

वि.सं.२०७७ चैत ३१ मंगलवार

606 

shares

३१ चैत, काठमाडौँ । जोहान्सबर्गमा भएको पाकिस्तान र दक्षिण अफ्रिका बिचको दोस्रो टि २० मा दक्षिण अफ्रिकाले ६ विकेटले जित हासिल गरेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनाएका थियो । पाकिस्तानका लागि कप्तान बाबर आहजमले सर्वाधिक ५० रन बनाएका थिए भने मोहम्मद हफिजले ३२ रन बनाएका थिए । पाकिस्तानका यी दुई खेलाडी बाहेक अरुले कुनै खेलाडीले पनि २० रन भन्दा माथि रन जोड्न सकेनन् । दक्षिण अफ्रिकाका लागि जर्ज लिन्डेले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २३ रन खर्चेर ३ विकेट हात पारेका थिए ।

पाकिस्तानले दिएको १४१ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १४ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो । दक्षिण अफ्रिकाका लागि एडेन माक्रमले ३० बलमा ५४ रनको विस्फोटक पारी खेलेका थिए । पाकिस्तानका लागि उस्मान क्वादिरले २ विकेट हात पारेका थिए भने हसन अलि र मोहम्मद हुसेनले समान १/१ विकेट लिएका थिए ।

जितसँगै दक्षिण अफ्रिकाले ४ खेलको टि-२० श्रृखलामा १/१ ले बराबरी गरेको छ ।

वि.सं.२०७७ चैत ३१ मंगलवार १०:४६ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...