back
CTIZAN AD

आज मुम्बई र कोलकत्ता भिड्दैँ, यस्तो छ सम्भावित प्लेइङ्ग-११

वि.सं.२०७७ चैत ३१ मंगलवार

669 

shares

३१ चैत, काठमाडौँ । आईपिएलको पाँचौ खेलमा आज मुम्बई इन्डियन्स र कोलकत्ता नाईट राइडर्स भिड्न गईरहेका छन ।

मुम्बई इन्डियन्स २०२१ को आईपिएलको आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोरसँग २ विकेटले पराजित भएको थियो भने कोलकत्ताले आफ्नो पहिलो खेलमा सनराईजर्स हैदरावादलाई १० पराजित गरेको थियो । मुम्बई इन्डियन्सका लागि आजको खेलमा क्विनटन डि कक  उपलब्ध रहने छन ।

यी दुई टिम बिच आईपिएलमा अहिलेसम्म २७ खेल भएको छ जसमा मुम्बई २१ खेलमा जित हासिल गरेको छ भने कोलकत्ता नाईट राईडर्सले ६ खेलमा मात्र जित हासिल गरेको छ ।

यी दुई टिम बिचको खेल नेपाली समय अनुसार ७:४५ बाट सुरु हुनेछ ।

मुम्बईको सम्भावित प्लेइङ्ग-११
रोहित शर्मा, क्रिस लिन र क्विन्टन डे कॉक, सूर्यकुमार यादव, ईशान किशन, हार्दिक पांड्या, काइरन पोलार्ड, कृणाल पांड्या, राहुल चहर, मार्को जान्सेन, ट्रेंट बोल्ट, जसप्रीत बुमराह ।

कोलकत्ताको सम्भावित प्लेइङ्ग-११
नीतीश राणा, शुभमन गिल, राहुल त्रिपाठी, इयोन मोर्गन, आंद्रे रसल, दिनेश कार्तिक, शाकिब अल हसन, प्याट कमिन्स, हरभजन सिंह, प्रसिद्धि कृष्ण, वरुण चक्रवर्ती।

वि.सं.२०७७ चैत ३१ मंगलवार १६:३८ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...