back
CTIZAN AD

आज देशैभरी ५१७ जनामा कोरोना संक्रमण, ९ जनाको निधन

वि.सं.२०७७ चैत ३१ मंगलवार

681 

shares

३१ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ५ हजार २०३ नमुना परीक्षणमा ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये पिसीआर परीक्षणबाट ४६० जना र एन्टिएजिन परीक्षणबाट ५७ जना गरी जम्मा ५१७ जना संक्रमित भएका हुन् ।

आज थपिएका ५१७ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ८० हजार ९८४ पुगेको छ ।

त्यसैगरी आज देशैभरी १५३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १५३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कूलसंख्या २ लाख ७४ हजार ३१८ पुगेको छ । निको हुनेको यो दर ९७.६ प्रतिशत हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४ जना र विभिन्न ठाउँबाट प्राप्त भएको रिर्पोटमा ५ जना गरेर जम्मा ९ जनाको कोरोना संक्रमितको निधन भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज थपिएका ९ जनासँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ६२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै देशैभरी सक्रिय संक्रमितको संख्या ३ हजार ६०८ रहेको छ ।

त्यसैगरी हालसम्म पिसीआर प्रविधिबाट २३ लाख २१ हजार ६७० कोरोनाका नमुना परीक्षण गरिएको छ ।

नेपालमा बढ्दो छ कोरोना संक्रमितको संख्या, एकैदिन थपिए ५५९ संक्रमित, ८ जनाको निधन

वि.सं.२०७७ चैत ३१ मंगलवार १६:४७ मा प्रकाशित

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

आजदेखि लागू हुने गरी अण्डाको नयाँ मूल्य निर्धारण

नारायणगढ (चितवन) । नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...