back
CTIZAN AD

शिक्षकलाई तलब खुवाउन आर्थिक सहयोग सङ्कलन

वि.सं.२०७८ वैशाख १ बुधवार

645 

shares

१ वैशाख, गोरखा । गोरखाको शहीद लखन गाउँपालिका–७ बुङकोटस्थित श्रीचण्डिका आधारभूत विद्यालयमा शिक्षकलाई तलब खुवाउन करीब रु पाँच लाख आर्थिक सहयोग सङ्कलन गरिएको छ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि निजी स्रोतबाट नै शिक्षक नियुक्ती गर्नुपर्ने भएपछि आर्र्थिक सहयोग सङ्लन शुरु गरिएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए ।

निजी स्रोतमा शिक्षक नराखी नहुने अवस्था भए पनि तलब खुवाउनका लागि आर्थिक अभाव हुने भएपछि आर्थिक स्रोत जुटाउन थालिएको उनको भनाइ छ । ‘‘विद्यालयको दरबन्दी कटौती हुँदै जाँदा कक्षा सञ्चालनमा कठिनाइ भइरहेको छ, निजी स्रोतको शिक्षक राख्न विद्यालयसँग आफ्नै स्रोत छैन’’, उनले भने, “आर्थिक सङ्कलन गरेरै भए पनि शिक्षक राख्नुप¥यो भनेर अभियान शुरु गरिएको हो ।’’

अभियान शुरु गरेको पहिलो दिनमा रु चार लाख ९४ हजार ५४० सहयोग प्राप्त भएको वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एवं सदस्य, विद्यालयका शिक्षक, समाजसेवी, भूतपूर्व विद्यार्थी, कर्मचारीलगायतबाट आर्थिक सहयोग प्राप्त भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर विकले जानकारी दिए । प्राप्त भएको रकम सोझै विद्यालयको खातामा जम्मा गर्ने व्यवस्था गरिएको उनको भनाइ छ ।

‘‘अहिलेसम्म अधिकतम रु २८ हजारदेखि न्यूनतम पाँच हजारसम्म स्वेच्छाले आर्थिक सहयोग प्राप्त भएको हो’’, वडाध्यक्ष श्रेष्ठले भने, “थप आर्थिक सहयोग गर्ने प्रतिबद्धता आइरहेको छ । विद्यार्थी सङ्ख्याअनुसार विद्यालयमा शिक्षक नहुँदा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न नसकिएको भन्दै विद्यालयले निजी स्रोतमा भने पनि शिक्षक राख्ने तयारी गरेको उनले बताए।

वि.सं.२०७८ वैशाख १ बुधवार १२:२२ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा स्काइपिक एड्भेन्चर पार्क लिमिटेडले...

मकैबारीमा मृत गैँडा भेटियो

मकैबारीमा मृत गैँडा भेटियो

त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ लोकहा...

देवचुलीका ५ विद्यार्थीले  एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

देवचुलीका ५ विद्यार्थीले एसइइमामा ल्याए ४ जिपिए, नगरपालिकाले जनही ३० हजारसहित सम्मान गर्ने

नवलपुर । देवचुली नगरपालिका ले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२...

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

जलवायु परिवर्तनको प्रभावले यार्सागुम्बा उत्पादन घट्दै

मनाङ । विगतमा हिमाली जिल्लाका बासिन्दाका लागि यार्सागुम्बा ‘सुन फल्ने...