२ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ नेपाल सुपर लिगको फ्रेन्चाईज क्लब धनगढी एफसीमा आइकोनिक खेलाडीको रुपमा अनुबन्धित भएका छन् ।
धनगढी एफसिले बुधबार पत्रकार सम्मेलन गरी राष्ट्रिय टिमका कप्तान किरण चेम्जोङलाई आईकोनिक खेलाडीको रुपमा सार्वजनिक गरेको हो । किरणको कप्तानीमा नेपालले हालै सम्पन्न थ्री नेशन्स कप फुटबलको उपाधि जितेको थियो । धनगढीमा आवद्ध भएपछि गोलकिपर किरणले आफू ५ वर्षपछि घरेलु लिग खेल्न पाउँदा खुशी रहेको बताए ।
यसअघि धनगढी एफसीले मिडफिल्डर विशाल राईलाई मार्की प्लेअरको रुपमा टिममा राखिसकेको छ । धनगढीको मुख्य प्रशिक्षकका रुपमा तोपे फुजा रहेका छन भने अक्सनबाट धनगढीले १४ खेलाडी अनुबन्ध गरेको गरिसकेको छ ।
बैशाख ११ गतेबाट शुरु प्रतियोगिता बैशाख २५ गतेसम्म संचालन हुनेछ । प्रतियोगिताको सम्पूर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलाइने छ ।
वि.सं.२०७८ वैशाख २ बिहीवार १५:०९ मा प्रकाशित


























