back
CTIZAN AD

नेपालमा देखियो डबल म्युटेन्ट भेरिएन्ट, बालबालिका उच्च जोखिममा

वि.सं.२०७८ वैशाख २ बिहीवार

801 

shares

२ बैशाख, काठमाडौँ । नेपालमा पहिलो पटक कोरानाको ‘डबल म्युटेन्ट भेरिएन्ट’ फेला परेको छ । ललितपुरमा संकलन गरिएको नमुनाबाट नेपालमा ‘डबल म्युटेन्ट भेरिएन्ट’ फेला परेकाे  यो भाइरस नेपाल मै  बिकास भएको हो वा भारत वा अन्य देशसँग सम्बन्धित छ भनेर स्वास्थ्य मन्त्रालयले अनुसन्धान गरिरहेकाे छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार उक्त नमुना प्रमाणित गर्न हङकङ पठाइएको थियो । उक्त संक्रमण पुष्टी भएको ब्यक्तिको खाेजिका लागि हाल यात्रा इतिहास पत्ता लगाएर विस्तृत जानकारी संकलन गर्नेकाम मन्त्रालयले गर्दै छ । स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक डा. कृष्णप्रसाद पौडेलका अनुसार हालसम्म नयाँ भेरिएन्ट भने भेटेको छैन्, ‘विदेश पठाइएको नमुनामा हालसम्म अफ्रिका (बी.१.३५१) र ब्राजिल (पी.१) को भेरिएन्ट भने पाइएको छैन ।’

के हो डबल म्युटेन्ट भेरिएन्ट

एकै भाइरसले स्वरुप परिवर्तन गरि दुई प्रकारको स्वरूप स्वरुप देखाउनुलाई डबल म्युटेन्ट भेरिएन्ट भन्निन्छ । यस्तो भाइरसले आफूलाई लामो समयसम्म प्रभावकारी बनाउन आफ्नो जेनेटिक संरचनामा परिवर्तन गरिरहन्छ । आफू जीवित रहिरहन स्वरूप फेरेर बलियो बनाउँदै जान्छ ।

नेपालसहित विश्वका १३२ देशहरुमा हाल कोरोनाको यूके भेरिएन्ट (बी.१.१.७) देखापरेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बताएको छ । उसका अनुसार यो भेरिएन्टबाट संक्रमितमा जटिलता देखिने, अस्पताल भर्ना हुने र मृत्युदर बढ्ने जोखिम बढी रहेको छ । पछिल्लो परिक्षाणमा नेपालमा एउटा नमुनामा डबल म्युटेन्ट भेरिएन्ट देखिनुले अन्यमा पनि यस्तो संक्रमण छ भन्ने देखिएको छ ।

हाल नेपालमा यूके भेरिएन्टको कोरोना भाइरसको संक्रमण उच्च देखिन थालेको छ । काठमाडौंमा संकल गरिएको ७६ नमुनामा ४८ जनामा यूके भेरिएन्ट पाइएकोमा ४ वर्षमुनिका २ जना, ५ देखि ९ वर्षका १ जना, १० देखि १४ वर्षका ३ र १६ देखि १९ वर्षका ४ जना संक्रमित भेटिएको छ । यसलाई हेर्दा संक्रमण बालबालिकामा समेत उल्लेख्य देखिएको छ । यस्तै, पोखरामा संकलिन १७४ नमुनामध्ये १०५ नमुनामा यूके भेरिएन्ट पाइएको छ । त्यहाँ पनि संक्रमित मध्य ५१ जना १० देखि १४ वर्षका छन् ।

नयाँ भेरिएन्टबाट संक्रमितहरू ४० वर्षभन्दा मुनिका रहेकाले समयमै सतर्कता नअपनाए रोगको जटिलताले अस्पतालले थेग्नै नसक्ने अवस्था आउन सक्ने ईडीसीडीका निर्देशक डा. पौडेलले बताए । आईसीयू र भेन्टिलेटरमा उपचार गराउनेमध्ये आधाजति ५० वर्षभन्दा मुनिका छन् । बुधबारसम्म सघन उपचारमा रहेकाको संख्या १०५ पुगेको छ, जसमध्ये ८० जना आईसीयू र २५ जना भेन्टिलेटरमा छन् ।

वि.सं.२०७८ वैशाख २ बिहीवार १५:१६ मा प्रकाशित

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...