back
CTIZAN AD

रुरु जलविद्युतको आईपीओ शुक्रबार बाँडफाँट हुने, यस्तो छ तयारी

वि.सं.२०७८ वैशाख २ बिहीवार

675 

shares

२ वैशाख, काठमाडौं । रुरु जलविद्युत् परियोजना लिमिटेडको आइपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ । विक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालय नक्साल, काठमाडौंमा विहान ८:३० बजे आईपीओ बाँडफाँट हुने भएको हो ।

उक्त कम्पनीले चैत २० गते, शुक्रबारबाट चैत २४ गते सर्वसाधारणका लागि १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो ।

यसैगरी, कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १६ लाख ६९ हजार ५ सय ६६ जना आवेदकले २ करोड ३३ लाख ७७ हजार २ सय २० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि निष्काशन गरिएको भन्दा ६१.६५ गुणा बढी हो ।

कम्पनीको आईपीओमा मागभन्दा धेरै आवेदन परेको हुनाले उक्त आईपीओ ग्रोलाप्रथाद्वारा वितरण हुनेछ ।

वि.सं.२०७८ वैशाख २ बिहीवार १५:२४ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...