back
CTIZAN AD

लगानी गर्दै हुनुहुन्छ ? यस्तो छ वाणिज्य बैंकहरुको ब्याजदर

वि.सं.२०७८ वैशाख २ बिहीवार

855 

shares

काठमाडौं । वाणिज्य बैंकहरुले ब्याजदरमा वृद्धि गरेका छन् । उनीहरुले फागुन महिनालाई आधार मानेर वैशाख महिनाका लागि सार्वजनिक गरेको ब्याजदरमा वृद्धि गरेका हुन ।

अहिले वाणिज्य बैंकहरुमा तरलता घट्दै गएको छ । जसको सोझो असर ब्याजदरमा पनि परेको छ ।

तरलता घटेसँगै बढ्यो ब्याज

नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा गत कार्तिक महिनामा करिब २ खर्ब ३१ अर्ब रुपौयाँ लगानी योग्य रकम तरलताको रुपमा रहेको थियो । त्यसयताका चार महिनामा बैंकहरुमा करिब ३२ अर्ब रुपियाँ मात्र लगानी योग्य रकम तरलताको रुपमा रहेको छ ।

बैंकहरुमा तरलता घटेसँगै ब्याजदर बढ्न थालको छ । ती मध्ये अधिकांस बैंकहरुले बैशाख महिनाको लागि ब्याजदर सार्वजनिक गरेका छन् । ब्याजदर सार्वजनिक गर्ने बाणीज्य बैंकहरुमध्ये सबैभन्दा सस्तो ब्याजदर नबिल बैंक (५.४९ प्रतिशत) रहेको छ भने सिभिल बैंकको सबैभन्दा बढी (७.७८ प्रतिशत) रहेको छ ।

यसको अर्थ बैंकिङ क्षेत्रमा तरलता क्रमश घट्दै गएको छ । यसको सोझो असर ब्याजदरमा परेको देखिन्छ ।

कसरि हुन्छ बैंकको ब्याजदरमा घटबड

बैंङ्कीङ क्षेत्रमा तरलता र ब्याजदरको नकारात्मक सम्बन्ध हुने गरेको छ । जति बेला बैंकहरुमा अधिक तरलता थुप्रिन थाल्दछ त्यति खेर बढी भएको तरलतालाई तह लगाउन बैंकहरुले ब्याजदर घटाउनु पर्ने अवस्था सृजना हुन्छ । अर्को तर्फ तरलता अभाव हुँदा बैंकहरुले निक्षेप संकलनमा जोड दिन्छन । निक्षेप संकलन गर्दा निक्षेपकर्तालाई बढी ब्याज दिनुपर्ने अवस्थामा बैंकहरु पुग्दछन् र कर्जाको ब्याजदर पनि स्वतः बढ्न थाल्दछ । यहि प्रक्रियाबाट बैंकहरुको ब्याजदर घटबड भैरहन्छ ।

बैंकहरुमा तरलता घटेसँगै ब्याजदर बढ्न थालको छ । ती मध्ये अधिकांस बैंकहरुले वैशाख महिनाको लागि ब्याजदर सार्वजनिक गरेका छन् ।
ब्याजदर सार्वजनिक गर्ने बाणीज्य बैंकहरुमध्ये सबैभन्दा सस्तो ब्याजदर नबिल बैंक (५.४९ प्रतिशत) रहेको छ भने सिभिल बैंकको सबैभन्दा बढी (७.७८ प्रतिशत) रहेको छ ।

यसअघि नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय वाणीज्य बैंकको ब्याजदर सबैभन्दा सस्तो हुनेगरेको थियो । अहिले भने उसलाई निजिक्षेत्रका दुईवटा बैंकले पछी पारेका छन् । यसको अर्थ राष्ट्रिय वाणीज्य बैंकको फजुल खर्च बढेको देखिएको छ भने निजी क्षेत्रका बैंकहरुले खर्च कटौति गरेको देखिएको छ ।

कुन बैंकको ब्याजदर कति ?

 

 

वि.सं.२०७८ वैशाख २ बिहीवार १६:३४ मा प्रकाशित

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

कांग्रेससँगको सत्ता सहकार्य अन्त्यसँगै बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै

काठमाडौं । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता सहकार्य...

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

नयाँ पुस्तालाई नेता चन्द्र भण्डारीको सन्देश – एकैचोटि सबै गर्न खोज्दा सफलता टाढिन्छ

काठमाडौं । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले नयाँ पुस्तालाई जीवन,...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

युवालाई कृषिमा आकर्षित गर्न सिँचाइ र स्वदेशी बीउ उत्पादनमा प्राथमिकता

बागमती । हेटौँडा उपमहानगरपालिकाले युवा पुस्तालाई कृषिमा आकर्षित गर्ने लक्ष्यसहित...

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने तयारी

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई...

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

आज देशैभरी भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न...