back
CTIZAN AD

म्याग्दीकाली दोभानबाट ५०० वाट बिजुली उत्पादन

वि.सं.२०७३ माघ २१ शुक्रवार

1K 

shares

 २१ माघ,बेनी (म्याग्दी) । कालीगण्डकी ऊर्जा विकास उपभोक्ता समितिको पहलमा म्याग्दी र कालीगण्डकीको सङ्गमस्थल बेनीको दोभानबाट ५०० वाट क्षमताको बिजुली उत्पादन गरिएको छ ।

बेनी नगरपालिकाको रु ५० हजार आर्थिक सहयोग र उपभोक्ता समितिको रु चार लाख ५० हजार गरी कुल पाँच लाखको लागतमा विद्युत् उत्पादन गरी बेनी बजारका बैंकरोड, सङ्गमचोक, इन्द्रणीटोल, आवारोड, बैंकरोडको भित्री गल्लीलगायतका स्थानमा बिजुली बालिएको समितिका अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार ऊर्जाको क्षेत्रमा लामो समय काम गरी अनुभव बटुल्नु भएका प्राविधिक दुर्गाप्रसाद श्रेष्ठको योजना र प्राविधिक सहयोगमा बिजुली उत्पादन गरिएको हो । प्राविधिक श्रेष्ठले यसअघि पनि कालीगण्डकी नदीबाट व्यक्तिगत लगानीमा बिजुली उत्पादन गर्नुभएको थियो ।

प्राविधिक श्रेष्ठको सीपलाई सदुपयोग गरी आवश्यक लगानीको व्यवस्था गर्नसके म्याग्दी र कालीगण्डकी नदीबाट बेनी बजारलाई आवश्यक पर्ने बिजुली उत्पादन गर्न सकिने कालीगण्डकी ऊर्जा विकास उपभोक्ता समितिका सचिव रुद्रप्रसाद सुवेदीले बताउनुभयो । “यसलाई निरन्तरता दिन सबैले सहयोग गर्नुपर्ने आवश्यकता छ” सचिव सुवेदीले भन्नुभयो ।

“जिल्ला विकास समिति, नगरपालिका, उपभोक्ता समिति, स्थानीयवासीलगायत सम्बन्धित निकाय र सङ्घसंस्थाको पहलमा आवश्यक बजेट व्यवस्था गरी विद्युत् उत्पादन कार्यलाई निरन्तरता दिनुका साथै थप क्षमता विस्तारमा पहल गर्नु आवश्यक देखिएको छ” अध्यक्ष श्रेष्ठले भन्नुभयोे ।

बेनीबजारमा अहिले पनि दैनिक एक घन्टाभन्दा बढी समय विद्युत् भार कटौती हुँदै आएको छ । यो प्रविधि विशेष गरी विद्युत् भार कटौतीको समयमा उपयोगी हुने देखिएको स्थानीयले बताएका छन् ।

वि.सं.२०७३ माघ २१ शुक्रवार ०७:०४ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...