back
CTIZAN AD

हिन्दूकुश हिमालय क्षेत्रमा साझा अनुकूलन नीति तयार गरिने

वि.सं.२०७३ माघ २१ शुक्रवार

1.1K 

shares

२१ माघ,ललितपुर। हिन्दूकुश हिमालय क्षेत्रका राष्ट्रहरुबीच जलवायु परिवर्तन अनुकूलनसम्बन्धी साझा नीति तर्जुमा गर्नुपर्नेमा ती देशका वातावरणविज्ञहरुले जोड दिएका छन् ।

सन् २०१७ मईमा जर्मनीमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरुको सम्मेलन (कोप २३) मा प्रस्तुत गर्ने गरी तर्जुमा हुने साझा नीतिमा विभिन्न क्षेत्रका लागि अनुकूलन नीति, नीतिगत अन्तर र अवसरहरुका बारेमा छलफल गर्न यहाँ आयोजित क्षेत्रीय कार्यशालामा सहभागीहरुले सो धारणामा जोड दिएका हुन् ।

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी) र ग्रिड–यारेन्डलको सहकार्यमा एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र (इसिमोड) को आयोजनामा भएको दुईदिने कार्यशालामा नेपालसहित अस्ट्रिया, बङ्गलादेश, भुटान, चीन, भारत, म्यान्मार, नर्वे, पाकिस्तान र र थाइल्यान्डका ३२ जनाको सहभागिता रहेको छ ।

प्रस्तावित अनुकूलन नीतिको आउटलुकमा जल, खाद्यस्रोत, जङ्गल तथा जैविक विविधता र ऊर्जाको सहन उपलब्धता, विकासको स्थिति र समस्याको समाधानका लागि सम्भावित योगदानका बारेमा छलफल भएको छ ।

पशुपक्षी विकास मन्त्रालयका सचिव डा युवकध्वज जिसीले जलवायु परिवर्तनबाट सिर्जित समस्या समाधानका लागि सरकारले विभिन्न नीति तथा कार्यक्रममार्फत अनुकूलनमा जोड दिएको उल्लेख गर्दै राष्ट्रिय अनुकूलन योजनामा कृषि तथा पशुपालनमा प्राथमिकता दिइनेछ भन्नुभयो ।

कार्यशालामा इसिमोडका महानिर्देशक डेभिड मोल्डेनले पर्वतीय क्षेत्रमा रहेको ज्ञान र अनुभवको आदानप्रदानबाट दिगो विकासको लक्ष्य हासिल गर्न सकिने बताउनुभयो ।

युएनइपीका क्षेत्रीय जलवायु परिवर्तन संयोजक मोजाहरुल अलामले जलवायु परिवर्तन अनुकूलन, जैविक विविधता संरक्षण तथा दिगो विकास लक्ष्यहरु हासिल गर्न यस क्षेत्रका राष्ट्रहरुको साझा नीति बन्नु आवश्यक रहेको बताउनुभयो ।

इसिमोडका निर्देशक डा एकलव्य शर्माले हिन्दूकुश हिमालय क्षेत्रका लागि तयार गरिने अनुकूलन आउटलुकले इसिमोडको भावी योजना तर्जुमा गर्न सहयोग पुग्ने बताउनुभयो ।

वि.सं.२०७३ माघ २१ शुक्रवार ०७:०५ मा प्रकाशित

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

अब बालबालिकाको क्यान्सर रोगको निःशुल्क उपचार हुने

काठमाडौँ । सरकारले आगामी तीन वर्षमा ३३६ आधारभूत अस्पताल निर्माण...

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

‘शासकीय नवप्रवर्तन चुनौती कोष’स्थापना गरिने

काठमाडौँ ।  सरकारले आगामी आर्थिक बजेटमा कानुनी शासन र राष्ट्रिय...

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा खेलकुद क्षेत्रका लागि ४...

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि

काठमाडौँ । सरकारले कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि गर्ने घोषणा...

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

बजेट २०८३/८४ः नेप्सेको पुनर्संरचना अघि बढाइने

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना अघि बढाउने...

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

काठमाडौँ । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको...