back
CTIZAN AD

पहिलो टी-२० सिरिजका लागि उत्साहित सन्दीप

वि.सं.२०७८ वैशाख ३ शुक्रवार

681 

shares

३ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पीनर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली टोली ब्याटिङ र बलिङ दुवै पक्षमा बलियो रहेको बताएका छन् । उनले राष्ट्रिय टिममा डेभ वाटमोर कोचको रुपमा आगमनसँगै पुरानै कुरा  नया तरिकाबाट सिक्दा आफुहरु बलियो बनेको बताएका छन् ।

उनले टिम दुबै पक्षमा सन्तुलित भएकाले प्रतियोगितामा राम्रो गर्ने अपेक्षा रहेको बताएका छन् । ‘सिरिज एकदम राम्रो हुनेवाला छ । हामीले राम्रो तयारी गरेका छौँ । हाम्रो टिम पनि राम्रो छ । ब्याटिङ र बलिङ दुवै पक्षमा अहिले बलियो नै छ’ सन्दीपले भने, ‘टिममा ट्रस्ट छ । गुड रिजल्ट आउने अपेक्षा छ ।’

यो उनको लागि पहिलो सिरिज भएकाले खेल्न उत्साहित पनि छन्, ‘म पहिलो पटक टी-२० सिरिज टीयू ग्राउन्डमा खेल्न पाउँदा उत्साहित छु । मैले यहीँबाट खेल्न शुरु गरेँ, ओडीआई सिरिज खेलेँ । टी-२० झन् मेरो लागि सुहाउँदो खेल हो ।’ उनले भने ।

नेपालले घरेलु मैदानमा शनिबारदेखि नेदरल्याण्ड्स र मलेसियासँग त्रिकोणात्मक टी-२० सिरिज खेल्दै छ । सन्दिपको लागि यो पहिलो टी-२० सिरिज भएकाले पनि उनी यो सिरिजमा राम्रो गर्नपर्ने दबाबका साथै उत्साहित पनि छन् । साथै उनले यो प्रतियोगितामा राम्रो नतिजा ल्याएर अन्य प्रतियोगितामा राम्रो गर्नको लागि नयाँ कोचबाट धेरै सिक्न टिम उत्साहित रहेको पनि बताए।

वि.सं.२०७८ वैशाख ३ शुक्रवार १६:०८ मा प्रकाशित