back
CTIZAN AD

कर्णालीको राजनीतिक तरंगबाट ढुक्क भट्ट

वि.सं.२०७८ वैशाख ५ आइतवार

792 

shares

५ वैशाख, काठमाडौं । प्रदेशमा सरकार हेरफेरको कसरत चलिरहदा ससंकित रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट अहिले भने निर्धक्क छन् । उनी कर्णालीको संसदीय राजनीतिमा आएको तरंगका कारण पनि हाल निर्धक्क छन् ।

सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रको सरकार रहेपनि उ सँगमात्र १४ सांसद रहेको छ । कुल ५३ सदस्य रहेको प्रदेशसभामा सरकार बन्नको लागि २७ सांसदको आवस्यक्ता पर्छ । तर, उनी हाल ढुक्क हुनुमा यो प्रदेशमा एमाले भित्र  माधव नेपाल पक्षमा बहुमत सांसद रहनु हाे ।  यो प्रदेशमा नेपाल पक्षमा १८ सांसद रहेका छन् ।

एमाले ओली पक्षले कुनै पनि हालतमा मुख्यमन्त्री भट्टको बहिर्गमन चाहेको भएपनि नेपाल पक्ष भट्ट नेतृत्वको सरकार जोगाउने पक्षमा छ । नेपाल पक्षको समर्थनले उनको सरकारलाई बहुमत पुग्ने हुदा उनी हाल ढुक्क छन् । हाल एमालेभित्र प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच उत्पन्न दरारको फाइदा माओवादी केन्द्रका प्रदेश सरकारले उठाइरहेका छन् ।

हालसम्म पनि एमालेका नेपालपक्षीय १८ सांसदको साथ  रहेकोले प्रदेश सरकारमा कुनैपनि समश्या नरहेको सुदूरपश्चिम माओवादी केन्द्रका सचेतक अक्कलबहादुर रावल बताउछन् । ‘सरकार ढल्छ कि भनेर हामीले चिन्ता गर्नुपर्ने कुनै कारण छैन ।’ रावलले भने, ‘एमालेको नेपालपक्षीय १८ सांसदको पूरै समर्थन छ ।’

वि.सं.२०७८ वैशाख ५ आइतवार १२:०२ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...