५ वैशाख, काठमाडौं । कुमारी इक्विटी फण्डको इकाई आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।
फण्डको १० करोड इकाई सूचीकृत भएको हो । आइतवार नै इकाई सूचीकृत गर्ने बारे नेप्से र कुमारी क्यापिटल बीच सुचिकरण सम्झौता भएको हो ।
अव उक्त फण्डको शेयर कारोबार सोमवारदेखि केइएफको स्टक संकेतबाट कारोबारमा आउनेछ ।कम्पनीले सर्वसाधारण समक्ष कुमारी क्यापिटल लिमिटेड मार्फत १० करोड इकाई बिक्री आह्वान गरेको थियो ।
वि.सं.२०७८ वैशाख ५ आइतवार १६:१४ मा प्रकाशित


























