९ बैशाख, बाँके । बाँकेको भेरी अस्पतालमा बुधबार गरिएको ३५० नमुना परीक्षणमा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका अनुसार २०४ जना पोजेटिभ देखिएकामा बाँकेका १५४, बर्दियाका २६ र श्री मिलिटरी अस्पतालबाट संकलित ८ नमुना पोजेटिभ देखिएका हुन् ।
अस्पतालका अनुसार संक्रमित देखिएकाहरुको औसत उमेर ३४.४४ रहेको छ । जसमा न्यूनतम् २ वर्षदेखि अधिकतम ८१ वर्षसम्मका रहेका छन् ।
बाँकेमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढ्दै गएपछि त्यहाँको प्रशासनले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभर बैशाख १५ गतेसम्म लकडाउन घोषणा गरेको छ ।
वि.सं.२०७८ वैशाख ९ बिहीवार १३:२६ मा प्रकाशित