back
CTIZAN AD

संकट झेलिरहेको भारतलाई सहयोग गर्न चाहान्छ पाकिस्तान

वि.सं.२०७८ वैशाख १२ आइतवार

861 

shares

१२ बैशाख, काठमाडौँ । भारत हाल कोरोना संक्रमणको अतेन्तै विकराल अवस्थाबाट गुज्रि रहेको छ । गएको तीन दिनयता दैनक ३ लाखभन्दा बढीमा संक्रमण पुष्टि हुने गरेको छभने २ हजारभन्दा बढीको मृत्यु हुन थालेको छ ।

यस्तो अवस्थामा भारत सदै शत्रुबद नजरले औला उठाउने छिमेकी मुलुक पाकिस्तान उसलाई यो अवस्थामा सहयोग गर्न चाहान्छ । पाकिस्तानी विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै महामारीसँग जुधिरहेको भारतलाई सहयोग गर्न चाहेको प्रस्ताव अघि सारेको छ । पाकिस्तानले छिमेकीको यो अवस्थामा आफुले उपलब्ध गराउन सक्ने मेडिकल उपकरण सहयोग गर्न चाहेको छ ।

पाकिस्तानी विदेश मन्त्रालयद्वारा जारी गरिएको वक्तव्यमा भनिएको छ, ‘महामारीको यस संकटको घडीमा हामी भारतका नागरिकको साथमा छौं । सहयोगका रुपमा पाकिस्तान भारतलाई भेन्टिलेटर बाई प्याप, डिजिटल एक्सरे मेसिन, पीपीई किट तथा अत्यावश्यक स्वास्थ्य सामग्री दिन चाहन्छौं ।’

उता, पाकिस्तानी प्रधानमन्त्री इमरान खानले टुइट गर्दै आफुहरु छिमेकीको दुखको घडिमा एक्यबद्धता जनाएर साथ दिन तयार रहेको बताएका छन् । ‘छिमेकी मुलुक र पूरा विश्वले नै घातक भाइरसको सामना गर्नुपरिरहेको छ । कोरोना भाइरसको सामना गरिरहेका सबैको म शीघ्र स्वास्थ्यलाभको कामना गर्छु ।’ उनले लेखेका छन् ।

पाकिस्तानले सहयोगको प्रस्ताव गरेपनि उता भारतले भने हालसम्म कुनैपनि औपचारिक प्रतिक्रिया दिएको छैन् । अक्सिजनको चरम अभाव रहेको भारतमा अस्पतानमा पनि उपचार पाउन सक्ने अवस्था छैन, नयाँदिल्लीस्थित जीटीबी अस्पतालमा भर्ना भएका बिरामी, अस्पतालमा अक्सिजन र बेडको नपाएर बाहिरै राखेर उपचार थालिएको छ ।

वि.सं.२०७८ वैशाख १२ आइतवार १२:११ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...