back
CTIZAN AD

बढ्दाे काेराेना जाेखिम, कसरी सुरक्षित हुने ? जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेका केहि सुझाब

वि.सं.२०७८ वैशाख १२ आइतवार

696 

shares

काठमाडाैं । छिमेकी देश भारतमा संक्रमणले भयाबह स्थिति आएको छ । त्यहाँको संक्रमित र मृतकको संख्या गनेर हामी आत्तिनु हुँदैन । बेड प्याक भए, अक्सिजन सकिन लाग्यो, केटाकेकेटीलाई बचाउन गाह्रो पर्ने भयो, अब के होला ? कतै ब्राजिल र भारतको अवस्था हुने त होइन ? यस्ता कुरा मनमा राखेर त्रास तथा असुरक्षा महशुष नगरौं । भाइरसको हजारौं / लाखौँ पटक म्युटेसन हुनसक्छ । यो भाइरसको स्वभाव हो । धेरै म्युटेसन हुँदैमा घातक हुन्छ भन्ने छैन । कोरोना भाइरस आफै हावामा उडेर हामीलाई संक्रमित गर्दैन ।

हामीलाई संक्रमित जनावर तथा चराले पनि सार्दैनन् । हामीलाई संक्रमण सार्ने हाम्रै आफन्त, साथीभाइ तथा सहकर्मीले नै हो । आफन्त तथा नजिकका व्यक्तिहरुसंग पनि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सुरक्षित हुने हाम्रै हातमा छ ।

सहि तरिकाले मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, भीडभाडमा नजाने, भीडभाड तथा भोजभतेर नगर्ने, बन्द कोठामा बैठक वा भेटघाट नगर्ने तथा नियमित रुपमा हातको सफाइ गर्ने बानी गर्यौं भने हामीलाई संक्रमण सर्दैन । हामी संक्रमित भएनौं भने हाम्रा परिवारजन सुरक्षित हुन्छन् । सुरक्षित भएपछि अस्पताल, बेड, आइसीयु, अक्सिजन तथा अन्य औषधिको आबश्यकता हुँदैन ।

इटली, न्युयोर्क, लन्डन, ब्राजिल, बुहान, भारतलगायतका देशमा पनि सबै संक्रमित भएका थिएनन् । संक्रमित भएका ९० % लाई अस्पतालको आवश्यकता परेको थिएन । अस्पताल भर्ना भएकामध्ये ९८ % निको भएर फर्किएका थिए । गत वर्ष हाम्रो देशमा पनि मृत्युदर जम्मा ०.६ % रहेको थियो । तसर्थ समाचारको कारण त्रसित नबनौं । हामी आत्तियौं भने बालबालिका तथा बृद्धबृद्धाको मनोविज्ञान कस्तो हुन्छ ? त्यो बुझौं । प्राकृतिक बिपत्ति तथा महामारीमा आत्मबल तथा मानसिक अवस्था बलियो हुनुपर्दछ । बलियो आत्मबलले सम्भावित जोखिमको योजना बनाउँछ । त्यो योजनाले हामीलाई अप्ठ्यारो परिस्थितिमा पुर्याउंदैन ।संक्रमण भएपनि आत्मबलको दियो बचायौं भने जोखिमलाई जित्न सक्छौं ।

हाम्रा पेशा, ब्यबसाय जीवनका साधन हुन् । जटिल परिस्थितिको आयु सकिएपछि हामीले अझै परिष्कृत ढंगले नोक्सानलाई नाफामा परिवर्तन गर्नेछौं । सुकेका जराले जटिल परिस्थिति सहेपछि हराभरा हुन्छन् । हामी प्रकृतिभन्दा भिन्न छैनौं ।

हरेक हामीले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्ने हो भने जतिसुकै खतरा प्रजातिको भाइरस आएपनि हामीलाई संक्रमण गर्दैन । संक्रमण गर्न नपाएपछि भाइरस स्वत: निष्क्रिय हुँदै नष्ट हुन्छ ।

संक्रमणको सांग्लो तोड्न सरकारले दिएका निर्देशन हामीले पालना गर्नु जरुरी हुन्छ । सरकारले पनि जनधनको क्षति रोक्न समयानुसार कडाइ गर्नुपर्दछ । यी दुवै पक्षको संयोगले मात्र महामारी नियन्त्रण हुन्छ । सतर्क बनौं तर त्रस्त नबनौं ।

वि.सं.२०७८ वैशाख १२ आइतवार १२:४१ मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

अर्जुनचौपारीमा हरियाली अभियान : वृक्षारोपणदेखि संरक्षणको प्रतिबद्धता

स्याङ्जा । विश्व वातावरण दिवसको अवसरमा डिभिजन वन कार्यालय स्याङ्जा...

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

नेपाली बजारमा प्योर डर्माको औपचारिक प्रवेश, १५ उत्पादन एकसाथ सार्वजनिक

काठमाडौं । युरोपेली स्किनकेयर तथा व्यक्तिगत स्याहार (पर्सनल केयर) ब्रान्ड...