back
CTIZAN AD

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु, ४९२८ जना संक्रमित

वि.सं.२०७८ वैशाख १६ बिहीवार

726 

shares

बैशाख, काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको १२,५९७ पिसीआर र ९६३ ऐन्टिजेन गरी १३ हजार ५६० नमुना परीक्षणमा ४,९२८ जना संक्रमित थपिएका हुन् ।

आज थपिएका ४,९२८ जनासँगै हाल कोरोना संक्रमितको संख्या ३ लाख १७ हजार ५३० पुगेको छ ।

त्यसैगरी आज देशैभरी ८८८ जना निको भएका छन् । आज निको भएका ८८८ जनासँगै हालसम्म निको हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ । निको हुनेको यो संख्या ८८.२ प्रतिशत हो ।

त्यसैगरी आज ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ३५ जनासँग नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ३२४६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल क्वारेन्टिनमा ५९ जना रहेका छन् भने ३४ हजार ११७ जना सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म पिसीआर प्रविधिबाट २४ लाख ५८ हजार ५६५ नमुना परीक्षण गरिएको छ ।

त्यस्तै हालसम्म नेपालमा कोरोना भाइरसविरुद्धको खोप २० लाख ९१ हजार ५११ जनाले लगाएका छन् ।

पछिल्लो २४ घण्टामा ४८९७ जनामा कोरोना संक्रमण, उपत्यकामा थपिए २०४७ संक्रमित

वि.सं.२०७८ वैशाख १६ बिहीवार १७:०४ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...