काठमाडौँ । बाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि पाँच राजनीतिक दलले दल दर्ता गराएका छन् । निर्वाचन आयोगले विहिबार राजनीतिक दल दर्ताको विषयलाई टुङ्ग्याउँदै चुनाव चिन्ह, क्रम निर्धारण र मतदाता नामावलीको विषयमा निर्णय गरेको छ ।
आयोगका अनुसार नेकपा (एमाले) पहिलो, नेपाली कांग्रेश दोस्रो, नेकपा (माओवादी केन्द्र) तेस्रो, राष्ट्रिय प्रजातन्त्र पार्टी चौथो र नेपाल मजदुर किसान पार्टी पाचौं नम्बरमा दर्ता भएका छन् । चुनाव चिन्हको रुपमा पार्टीहरुले नै अपनाउदै आएको चिन्हलाई आयोगले मान्यता दिएको छ ।
बाग्मती प्रदेश राष्ट्रिय सभा सदस्यको लागि निर्वाचनमा भाग लिने मतदाताको संख्या पनि आयोगले टुंगो लगाएको छ । आयोगका अनुसार प्रदेशसभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जना गरी जम्मा ३४८ जना मतदाता रहने जनाएको छ ।
वि.सं.२०७८ वैशाख १६ बिहीवार १७:१९ मा प्रकाशित






























