
१५ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४,८९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
१३ हजार ८७९ पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षणमा ४,८९७ मा कोरोना संक्रमण देखिएको हो । ती मध्ये पिसीआर प्रविधिबाट ४,७७४ र ऐन्टिजेन परीक्षणमा १२३ जना संक्रमति भएको पुष्टि भएको हो ।
आज भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौंमा १४६४ गरी उपत्यकामा जम्मा २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
आज थपिएका ४,८७९ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ लाख १२ हजार ८२२ पुगेको छ ।
त्यसैगरी आज देशैभरी ७७३ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज निको भएका ७७३ जनासँगै हालसम निको हुनेको संख्या २ लाख ७९ हजार २७९ पुगेको छ । निको हुनेको यो संख्या ८९.३ प्रतिशत हो ।
त्यस्तै हालसम्म सक्रिय संक्रमितको संख्या ३० हजार २०९ रहेको छ । ती मध्ये देशैभरीका विभिन्न अस्पतालका आइसोलेशन तथा संस्थागत आइसोलेशनमा २ हजार ३६४ जना र होम आइसोलेशनमा २७ हजार ८४५ जना रहेका छन् ।
त्यस्तै देशैभरीका अस्पतालका आइसोलेशनमा ३१७ जना र भेन्टिलेटरमा ९८ जनाको उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा १७ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आज थपिएका १७ जनासँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२११ पुगेको छ ।
एकसातामा १२ हजार ५८० संक्रमित थपिए
स्वास्थ्य मन्त्रालयले एकसातामै १२ हजार ५८० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । यो अवधिमा पिसीआर प्रविधिबाट ४० हजार ९५१ वटा नमुना परीक्षण गरिएको छ । साथै सोहि अवधिमा १ हजार ७०६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।