back
CTIZAN AD

पछिल्लो २४ घण्टामा ४८९७ जनामा कोरोना संक्रमण, उपत्यकामा थपिए २०४७ संक्रमित

वि.सं.२०७८ वैशाख १५ बुधवार

708 

shares

१५ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४,८९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

१३ हजार ८७९ पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षणमा ४,८९७ मा कोरोना संक्रमण देखिएको हो । ती मध्ये पिसीआर प्रविधिबाट ४,७७४ र ऐन्टिजेन परीक्षणमा १२३ जना संक्रमति भएको पुष्टि भएको हो ।

आज भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौंमा १४६४ गरी उपत्यकामा जम्मा २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आज थपिएका ४,८७९ जनासँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ३ लाख १२ हजार ८२२ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ७७३ जना कोरोना संक्रमण मुक्त भएका छन् । आज निको भएका ७७३ जनासँगै हालसम निको हुनेको संख्या २ लाख ७९ हजार २७९ पुगेको छ । निको हुनेको यो संख्या ८९.३ प्रतिशत हो ।

त्यस्तै हालसम्म सक्रिय संक्रमितको संख्या ३० हजार २०९ रहेको छ । ती मध्ये देशैभरीका विभिन्न अस्पतालका आइसोलेशन तथा संस्थागत आइसोलेशनमा २ हजार ३६४ जना र होम आइसोलेशनमा २७ हजार ८४५ जना रहेका छन् ।

त्यस्तै देशैभरीका अस्पतालका आइसोलेशनमा ३१७ जना र भेन्टिलेटरमा ९८ जनाको उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा १७ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आज थपिएका १७ जनासँगै नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२११ पुगेको छ ।

एकसातामा १२ हजार ५८० संक्रमित थपिए
स्वास्थ्य मन्त्रालयले एकसातामै १२ हजार ५८० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ । यो अवधिमा पिसीआर प्रविधिबाट ४० हजार ९५१ वटा नमुना परीक्षण गरिएको छ । साथै सोहि अवधिमा १ हजार ७०६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

आज एकैदिन थपिए ४ हजार ५२४ कोरोना संक्रमित, १८ जनाको मृत्यु

वि.सं.२०७८ वैशाख १५ बुधवार १६:५६ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...