back
CTIZAN AD

गण्डकीमा जनमोर्चाका सांसद सम्पर्कविहिन, मतदान भए अविश्वास प्रस्ताव असफल हुने

वि.सं.२०७८ वैशाख १५ बुधवार

723 

shares

वैशाख १५, पोखरा । गण्डकी प्रदेशसभामा आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्व ल्याइएको अविश्वासको प्रस्तावमाथि मतदान गर्ने कार्यसूची छ । तर मतदान गर्ने अन्तिम समय अंकगणितमा निर्णायक मानिएको राष्ट्रिय जनमोर्चाका एक प्रदेश सभा सदस्य सम्पर्क बिहिन बनेका छन् ।

राजमोका प्रदेशसभा सदस्य खिमबिक्रम शाही सम्पर्क बिहिन बनेका हुन् । उनी सम्पर्क बिहिन बनेसँगै प्रदेशसभामा अहिले खैलाबैला मच्चिएको छ ।

अहिले शाहीको मोबाइल अफ छ ।

मतदान गर्ने समयसम्म शाही उपस्थित नभए अविश्वासको प्रस्ताव असफल हुने सम्भावनाा छ । अविश्वास प्रस्ताव पास हुन ३१ सदस्य उपस्थित हुनुपर्ने हुन्छ ।

अविश्वास प्रस्ताव ल्याएको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)सँग २८ सांसद मात्रै छन् । तीन सांसद भएको राजमोले समर्थन गरेको थियो । तर, अन्तिम समय राजमोको अनुपस्थितिसँगै प्रस्तावको पक्षमा ३० मत मात्रै पुग्दछ ।

 

वि.सं.२०७८ वैशाख १५ बुधवार १६:५५ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...