back
CTIZAN AD

जसपाको बहुमत पक्ष ओलीविरुद्व, अविश्वास प्रस्ताव ल्याउन १८ सांसदले जुटाए हस्ताक्षर

वि.सं.२०७८ वैशाख १७ शुक्रवार

786 

shares

वैशाख १७, काठमाडौं । जनता समाजवादी पार्टीको बहुमत पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व ल्याईने अविश्वास प्रस्तावको पक्षमा उभिने भएको छ । गत वैशाख १४ मा बसेको जसपाको केन्द्रीय कार्यकारिणी बैठकमा बहुमत पक्षमा यस्तो निर्णय गरेको हो ।

बहुमत पक्षले ओलीविरुद्व अविश्वासको प्रस्ताव ल्याउन हस्ताक्षर पनि संकलन गरेको छ । संकलित हस्ताक्षरमा १८ सांसदमा सहभागिता छ । हाल निलम्बनमा परेका बाहेक जसपाका ३२ सांसद छन् । जसमध्ये १८ सांसद ओलीविरुद्व ल्याईने अविश्वास प्रस्तावको पक्षमा देखिएका हुन् ।

वैशाख १४ मा बसेको बैठकमा पूर्वराजपा समूहको भने उपस्थित थिएन् । उक्त बैठकले लुम्बिनीमा संसदीय दलको निर्णय विपरित गएका सांसदलाई पार्टीबाट निष्कासन गर्ने निर्णय पनि गरेको थियो ।

यसअघि दुई पक्षबीच कार्यकारिणी बैठक बोलाउने विषयमा सहमती बन्न सकेको थिएन् । महन्थ ठाकुर र राजेन्द्र महतोले कोरोना जोखिमलाई देखाउँदै बैठक बोलाउन अस्वीकार गर्दै आएका छन् । बैठकमा अध्यक्षद्वय भट्टराई र यादवका साथै वरिष्ठ नेता अशोककुमार राई, रमेशप्रसाद यादव, सुनीलकुमार झा, राजेन्द्रप्रसाद श्रेष्ठ, नवराज सुवेदी, हिसिला यमि, रेणुकुमारी यादव, रकम चेम्जोङलगायतका केन्द्रीय कार्यकारिणी समिति सदस्यको उपस्थिति रहेको सार्वजनिक माईन्यूटबाट देखिन्छ ।

सम्बन्धित समाचार

जसपाभित्र बढ्दो किचलो, बैठक बोलाउने विषयमै हुन थाल्यो विवाद

ओलीसँग नजिक हुँदै जसपा, के सरकारमा सहभागी होला ?

फुटको संघारमा जसपा, अंकगणितमा कुन पक्ष बलियो ?

वि.सं.२०७८ वैशाख १७ शुक्रवार १६:३६ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...