back
CTIZAN AD

कोरोना सङ्क्रमणबाट बैंकका कर्मचारीको मृत्यु–प्रहरी उपरीक्षकसहित २६ जनामा कोरोना सङ्क्रमण

वि.सं.२०७८ वैशाख १८ शनिवार

684 

shares

१८ बैशाख, चौतारा । कोभिड–१९ सङ्क्रमणबाट सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका–४ कुभिण्डेका ३८ वर्षीय पुरुषको आज बिहान धुलिखेल अस्पतालमा मृत्यु भएको छ ।

कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि योसँगै जिल्लामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । यसअघि सुनकोशी गाउँपालिकाअन्तर्गत खाडीचौरस्थित सिन्धु विकास बैंकमा कार्यरत एक कर्मचारीको केही दिनअघि भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

यसैबीच, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीसहित २६ जनामा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित व्यक्तिहरू धेरैजसो कर्मचारी भएकाले उनीहरू होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त न्यौपानेले जानकारी दिए । उनका अनुसार स्वास्थ्यकर्मीहरु पनि सङ्क्रमित भएपछि कोभिड र इमरजेन्सीबाहेक चौतारा अस्पतालका अन्य सेवाहरु आजबाट बन्द गरिएको छ ।

दोस्रो लहरको कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ८२ पुगेको छ । त्यस्तै, हिजो बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले चौतारा, बाह्रविसे, खाडीचौर, जलबिर,े मेलम्ची लगायतका प्रमुख बजारका पसलहरु बिहान १० देखि बन्द गर्नाका साथै जिल्ला प्रवेश गर्ने नाकामा हेल्थ डेस्क (स्वास्थ्य जाँच केन्द्र) राख्ने निर्णय गरेको छ । बैठकले स्वास्थ्य मापदण्ड अपनाउनाका साथै अत्यावश्यक कामबाहेक अनावश्यक रुपमा हिँड्डुल नगर्नसमेत सर्वसाधारणलाई अपिल गरेको छ ।रासस

वि.सं.२०७८ वैशाख १८ शनिवार १८:२३ मा प्रकाशित

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...