back
CTIZAN AD

नेपालमा ह्वात्तै बढ्यो कोरोना संक्रमित हुनेको संख्या, आज ७२११ जनामा संक्रमण, २७ जनाको मृत्यु

वि.सं.२०७८ वैशाख १९ आइतवार

726 

shares

१९ बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ७ हजार ७२११ जना कोरोना संक्रमणका नयाँ विरामी थपिएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको १६,१४७ पिसीआर र ६२३ ऐन्टिजेन गरी १६ हजार ७७० नमुना परीक्षणमा ७ हजार २११ जना संक्रमित थपिएका हुन् । शनिबारको तुलनामा आइतबार १४४८ संक्रमित थपिएका हुन् ।

आज थपिएका ७ २११ जनासँगै हाल कोरोना संक्रमितको संख्या ३ लाख ३६ हजार ३० पुगेको छ ।

त्यस्तै आज देशैभरी १६१२ जना निको भएका छन् । आज निको भएका १६१२ जनासँगै हालसम्म निको हुनेको संख्या २ लाख ८३ हजार ९९४ पुगेको छ । निको हुनेको यो संख्या ८४.५ प्रतिशत हो ।

त्यसैगरी आज २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २७ जनासँग नेपालमा हालसम्म मृत्यु हुनेको संख्या ३३२५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल क्वारेन्टिनमा ६७ जना रहेका छन् भने ४८ हजार ७११ जना सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म पिसीआर प्रविधिबाट २५ लाख ४ हजार ४७६ नमुना परीक्षण गरिएको छ ।

त्यस्तै हालसम्म नेपालमा कोरोना भाइरसविरुद्धको खोप २० लाख ९१ हजार ५११ जनाले लिएका छन् ।

आज देशैभरी ५७६३ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

 

वि.सं.२०७८ वैशाख १९ आइतवार १६:४६ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...