back
CTIZAN AD

‘नागरिक एप’ को औपचारिक उद्घाटनः लाइनबाट नभई अनलाइनबाट

वि.सं.२०७८ वैशाख १९ आइतवार

756 

shares

१९ बैशाख, काठमाडौँ । परीक्षण कालमा नै लोकप्रियता बटुलेको ‘नागरिक एप’ को आज औपचारिक उद्घाटन गरिएको छ । सम्पूर्ण नेपालीलाई डिजिटल सञ्जालमा गाँस्ने र त्यसैबाट सार्वजनिक सेवा सहज रुपमा नागरिकलाई उपलब्ध गराउने उद्देश्यले सो एप सार्वजनिक गरिएको छ ।

‘चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०७८’ का अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा यहाँ आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो एपको भर्चुअल शुभारम्भ गरे ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अब लाइनबाट नभई अनलाइनबाट सरकारी सेवा प्राप्त गर्नका निम्ति सरकारले ‘नागरिक एप’ शुरुआत गरिएको जानकारी दिए । उनले भने, “नागरिक एपको शुभारम्भ सुशासन कायम गर्दै नेपाललाई भ्रष्टाचारमुक्त राष्ट्र निर्माणका निम्ति पारदर्शिता कायम गर्न, झन्भझटिलो र परम्परागत सरकारी प्रणाली र प्रक्रियालाई अन्त्य गर्दै पेपरलेस, फेसलेस गर्दै सेवा प्रदान गर्ने उद्देश्यले गरिएको हो ।”

सरकारका प्रवक्ता गुरुङले अब जनताले अनलाइनबाटै बैँक खाता खोज्न सक्ने जानकारी दिए। राष्ट्रिय गौरवको आयोजनाको रुपमै रहेको प्रत्येक स्थानीय तहमा द्रुत गतिको इन्टरनेट सेवालाई प्रत्येक स्थानीय तहका कार्यालय, विद्यालय, शिक्षण संस्था र सबै सार्वजनिक ठाउँमा पुर्याउने कार्य आजदेखि शुरु भएको उनका भनाइ थियो ।

सरकारले सबै जनताको पहुँचमा पुर्याउने गरी आजदेखि फाइभजी शुरुआत छ । पत्रकारको प्रेस कार्ड अनलाइनमार्फत नवीकरण गर्न पाइने सुविधा मिलाइएको छ । त्यसैगरी सरकारले आजदेखि सबै सरकारी कार्यालयका बेवसाइट एकै ठाउँबाट हेर्न मिल्ने गरी व्यवस्था मिलाएको छ ।

उनले भने, “दूरसञ्चार सेवालाई सरल, सुलभ, भरपर्दो र विश्वसनीय बनाउँदै दुर्गम क्षेत्रका निम्ति दूरसञ्चार क्षेत्रको विशेष कार्यविधि बनाउँदैछौँ । हामी सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय संकल्पलाई पूरा गर्न सूचना प्रविधिका क्षेत्रमा जोडिनु आवश्यक छ, त्यसमा जोडिएर समृद्ध नेपालको आधार निर्माण गर्नु जरुरी छ ।” सूचना तथा सञ्चार प्रविधि दिवसको महत्वलाई बुझेर नै मन्त्रालयले ‘समृद्ध नेपालको आधार सूचना तथा सञ्चार प्रविधिको विस्तार’ भन्ने नारा अघि सारेको उनका भनाइ थियो ।

“सूचना प्रविधिको विकासका निम्ति डिजिटल नेपाल फ्रेमवर्कको अवधारणा शुरु भएको छ, यो नेपालको गेम चेन्जर प्रोजेक्टका रुपमा रहेको छ, यसलाई कार्यान्वयन गर्ने प्रक्रियामै अगाडि बढेका छौँ”, उनले भने। कार्यान्वयनका निम्ति आवश्यक नीतिगत विषय, निर्देशिका, कार्यविधि र संरचनागत विषय केही परिर्वतन गर्दै प्रधानमन्त्रीको नेतृत्वमा निर्देशन समिति निर्माण गरिएको पनि उनले जानकारी दिए ।

उनले भने, “हामीले विकास भनेको सडक, पुल, भवन आदि निर्माण मात्रै बुझेका छौँ तर समृद्ध नेपाल र सुखी नेपालीको अवधारणामा डिजिटल नेपालको फ्रेमवर्कलाई प्रभावकारी कार्यान्वयनका निम्ति परम्परागत विकास नभई सञ्चार, सूचना प्रविधि क्षेत्रको विकास आजको आवश्यकता हो । हामीले विकासको अवधारणामा पनि परिवर्तन गर्नुपर्ने छ ।”

सञ्चार तथा सूचना प्रविधिको विकास नभएसम्म समृद्ध नेपाल, सुखी नेपालीको अवधारणा कार्यान्वयन गर्न नसकिने उनले बताए ।
सो अवसरमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले सञ्चार तथा सूचना प्रविधिको प्रयोगले विश्वकै आर्थिक, शैक्षिक र स्वास्थ्यलगायत क्षेत्रमा परिवर्तन भएको जनाउँदै त्यसको हरेक क्षेत्रमा महत्वपूर्ण रहेको बताए । विश्वमा सञ्चार तथा सूचना प्रविधिमा आएको विकासलाई आत्मसाथ गर्दै नेपालले पनि सार्वजनिक सेवा प्रवाहलाई प्रविधियुक्त बनाउँदै लैजानुपरेको उनले स्पष्ट गरे ।
रासस

वि.सं.२०७८ वैशाख १९ आइतवार १७:०९ मा प्रकाशित

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के  छ त भित्र ?

रास्वपा महाधिवेशनः प्रतिनिधिहरुलाई झोला वितरण, के छ त भित्र ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी पहिलो ऐतिहासिक...

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी...

यातायात व्यवसायी भारत भ्रमणमा

यातायात व्यवसायी भारत भ्रमणमा

काठमाडौँ । आधुनिक सार्वजनिक यातायात प्रणालीको विकास गर्ने उद्देश्यले यहाँका...

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...