back
CTIZAN AD

मुख्यमन्त्रीमा पोखरेल नियुक्त तर, ४२ सांसदको हस्ताक्षरसहित गठबन्धनबाट केसीको दाबी

वि.सं.२०७८ वैशाख १९ आइतवार

672 

shares

वैशाख १९, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा सरकार गठनका लागि प्रदेशप्रमुख समक्ष दाबी पेश गरेका छन् । अन्यौंलकै बीच प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ती गरेको केहि बेरमै गठबन्धनको तर्फबाट नेता केसीले सांसदहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवसमक्ष दाबी पेश गरेका हुन् ।

यसअघि माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपालगायतका दलका सांसदले संयुक्र रुपमा पोखरेलसँग बहुमत नरहेको भन्दै नियुक्ती रोक्न माग गरेका थिए । तर, प्रदेश प्रमुखले बहुमत स्पष्टै नभई नेकपा (एमाले)को एकल बहुमत रहेको भन्दै पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ती गरेका थिए ।

८० सदस्यीय प्रदेशसभा (राजीनामा) मा नेकपा (एमाले)को पक्षमा ३७ सांसद मात्रै देखिएका छन् । स्वतन्त्र दुई सांसद धर्मबहादुरलाल श्रीवास्त र अजय शाहीले एमालेलाई समर्थन नगर्ने घोषणा गरेकै बखत एमालेका सांसद दुगनारायण पाण्डेले पोखरेलको नियुक्तीप्रति असहमती राख्दै राजीनामा गरेका छन् ।

योसँगै ८० सदस्यीय प्रदेशसभामा गठबन्धनको तर्फमा ४२ जना देखिएका छन् । जुन बहुमतभन्दा माथि हो ।

यी हुन् गठबन्धनको पक्षमा उभिएका ४२ सांसद

सम्बन्धित समाचार

बहुमत भएको नभएको स्पष्टै नभई प्रदेश प्रमुखद्धारा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ती

विमला वलीले रोजिन् माओवादी, पोखरेलको सत्ता खेल थप संकट तर्फ

लुम्बिनीको राजनीति : हृदयेश त्रिपाठी समूहका दुई सांसदले छाडे एमाले

वि.सं.२०७८ वैशाख १९ आइतवार १७:०९ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो समता एजुकेशनलाई पाँच लाख सहयोग

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

सैन्य अभ्यासका क्रममा एक जनाको मृत्यु

गोदावरी (कैलाली) । लम्कीचुहा नगरपालिका–३ स्थित गोरङ्गे ब्यारेकमा सैन्य तालिमका...

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

नेप्सेमा ८.५० अंकको गिरावट, २ अर्ब ८३ करोडमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...