
वैशाख १९, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा सरकार गठनका लागि प्रदेशप्रमुख समक्ष दाबी पेश गरेका छन् । अन्यौंलकै बीच प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ती गरेको केहि बेरमै गठबन्धनको तर्फबाट नेता केसीले सांसदहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवसमक्ष दाबी पेश गरेका हुन् ।
यसअघि माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपालगायतका दलका सांसदले संयुक्र रुपमा पोखरेलसँग बहुमत नरहेको भन्दै नियुक्ती रोक्न माग गरेका थिए । तर, प्रदेश प्रमुखले बहुमत स्पष्टै नभई नेकपा (एमाले)को एकल बहुमत रहेको भन्दै पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ती गरेका थिए ।
८० सदस्यीय प्रदेशसभा (राजीनामा) मा नेकपा (एमाले)को पक्षमा ३७ सांसद मात्रै देखिएका छन् । स्वतन्त्र दुई सांसद धर्मबहादुरलाल श्रीवास्त र अजय शाहीले एमालेलाई समर्थन नगर्ने घोषणा गरेकै बखत एमालेका सांसद दुगनारायण पाण्डेले पोखरेलको नियुक्तीप्रति असहमती राख्दै राजीनामा गरेका छन् ।
योसँगै ८० सदस्यीय प्रदेशसभामा गठबन्धनको तर्फमा ४२ जना देखिएका छन् । जुन बहुमतभन्दा माथि हो ।
यी हुन् गठबन्धनको पक्षमा उभिएका ४२ सांसद
सम्बन्धित समाचार
बहुमत भएको नभएको स्पष्टै नभई प्रदेश प्रमुखद्धारा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्ती
विमला वलीले रोजिन् माओवादी, पोखरेलको सत्ता खेल थप संकट तर्फ
लुम्बिनीको राजनीति : हृदयेश त्रिपाठी समूहका दुई सांसदले छाडे एमाले