
१९ बैशाख, काठमाडौं । नेपालमा कोरोना संक्रमण हुनेको संख्या दिनहुँ बढिरहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १२ जिल्लामा ५०० भन्दा बढी संक्रमितको उपचार भइरहेको छ भने १६ जिल्लामा २०० भन्दा बढी संक्रमितको उपचार भइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल प्रदेश १ को मोरङ, प्रदेश २ को पर्सा, वागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर र काठमाडौं, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, बाँके र रुपन्देही, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलालीमा ५०० भन्दा बढी संक्रमितको उपचार भइरहेको छ ।
त्यस्तै प्रदेश १ को सुनसरी र झापा, प्रदेश २ को बारा, धनुषा र रौतहट, वागमती प्रदेशको मकवानपुर, काभ्रेपलान्चोक, र नुवाकोट, गण्डकी प्रदेशको गोर्खा, नवलपरासी (पूर्व) र बाग्लुङ, लुम्बिनी प्रदेशको पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी (पश्चिम), सुदूरपश्चिम प्रदेशको कंचनपुरमा २०० भन्दा बढी संक्रमितको उपचार भइरहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा ह्वात्तै बढ्यो कोरोना संक्रमित हुनेको संख्या, आज ७२११ जनामा संक्रमण, २७ जनाको मृत्यु